प्रकाश धौलाकोटी, माघ ३, तेह्रथुम । भुकम्पले घर क्षतिग्रस्त भएपछि गोठमा बस्दै आएकी तेह्रथुम हमरजुङकी भद्रकुमारी तोलाङ्गीको घर निर्माणकालागि सहयोग प्राप्त हुन थालेको छ ।

हमरजुङ्ग–४ की ६२ वर्षीय भद्रकुमारी तोलाङ्गीक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रकाश धौलाकोटी, माघ ३, तेह्रथुम । भुकम्पले घर क्षतिग्रस्त भएपछि गोठमा बस्दै आएकी तेह्रथुम हमरजुङकी भद्रकुमारी तोलाङ्गीको घर निर्माणकालागि सहयोग प्राप्त हुन थालेको छ ।

हमरजुङ्ग–४ की ६२ वर्षीय भद्रकुमारी तोलाङ्गीक"/>

२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

समाचार प्रभाब : भद्रकुमारीको घर बन्ने भयो

२०७२, ३ माघ आईतवार ०५:४७

प्रकाश धौलाकोटी, माघ ३, तेह्रथुम । भुकम्पले घर क्षतिग्रस्त भएपछि गोठमा बस्दै आएकी तेह्रथुम हमरजुङकी भद्रकुमारी तोलाङ्गीको घर निर्माणकालागि सहयोग प्राप्त हुन थालेको छ ।



हमरजुङ्ग–४ की ६२ वर्षीय भद्रकुमारी तोलाङ्गीको घर वि.स. २०६८ सालको भुकम्पले क्षति गरेपछि अर्को घर बनाउन सकेकी थिइनन् । तत्काल पाएको पाल र राहतको सहयोगमा घर सँगै रहेको गोठमा बस्दै आएकी तोलाङ्गीको विषयमा विभिन्न सन्चारमाध्यममा समाचार प्रकाशित भएपछि विभिन्न क्षेत्रबाट सहयोग प्राप्त हुन थालेको हो । हालै तेह्रथुम घर भएर हाल इजरायलमा काम गर्दै आएका देव बाँस्कोटाले १० हजार रुपैयाँ भद्रकुमारीको घर निर्माणकालागि सहयोग गरेका छन् ।


यस्तै अन्य विभिन्न क्षेत्रबाट समेत उनको अवस्थाको विषयमा चासो बढेको छ । गाउँ विकास समितिमार्फत पाउने सामाजिक सुरक्षा भत्ताकालागि समेत समाचार प्रकाशित भएपछि पहल सुरु भएको स्थानीय संचारकर्मी प्रकाश पाक्साँवाले बताउनुभयो । बाबुआमाको साथमा बसेकी अविवाहित भद्रकुमारीका बाबुआमाको मृत्युपछि घरमा एक्लै बस्दै आएकी थिइन् ।



भएको घर भत्किएपछि गोठमा बसेकी उनलाई विरामी पर्दा चिसोले सताएको सम्बन्धी समाचार प्रकाशित भएपछि सरोकारवाला र सरकारी निकायको समेत चासो बढेको छ । उनले आफुलाई बस्ने छाप्रो बनाउनकालागि अरु दयालु मनहरुलाई समेत आग्रह गरेकी छिन् । विभिन्न क्षेत्र र व्यक्तिहरुबाट प्राप्त सहयोगले घर बनाउने उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन