३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

निःशुल्क पाठ्यपुस्तक वितरण दिन भोली मनाइने

४ बैशाख २०७३, शनिबार १३:११

गोविन्द बिश्वकर्मा/बैशाख ४, सुर्खेत । वैशाख ५ गते अर्थात् भोलीको दिनलाई सुर्खेतमा निःशुल्क पाठ्यपुस्तक वितरण दिनको रुपमा मनाइने भएको छ ।

समयमै विद्यार्थीको हातमा सहज पाठ्यपुस्तक पु¥याउनका लागि वैशाख ५ गतेलाई निःशुल्क पाठ्यपुस्तक वितरण दिनका रुपमा मनाउन लागिएको जिल्ला शिक्षा कार्यालय सुर्खेतले जनाएको छ ।

यो विषयमा सवै विद्यालयलाई जानकारी पनि गराइसकिएको शिक्षा कार्यालयले जनाएको छ । समयमै निजी तथा सामुदायिक विद्यालयका विद्यार्थीका हातमा सहजै पाठ्यपुस्तक पु¥याउने लक्ष्यअनुसार यो अभियान संचालन गरिएको जिल्ला शिक्षा अधिकारी दीपा हमालले जानकारी दिनुभयो । विद्यार्थीका हातमा समयमै पाठ्यपुस्तक नपुग्ने भएकाले दिवसै मनाएर विद्यार्थीहरुलाई पाठ्यपुस्तक वितरण गर्ने अभियान चलाउन लागेको हमालले बताउनुभयो ।

सुर्खेतमा तीन हजार पाँच सय सेट पुस्तक नपुगेको पुस्तक व्यवसायीको गुनासो आएको बताउँदै हमालले सम्बन्धित निकायमा कुरा राखिसकेको जानकारी दिनुभयो । यो अभियानले विद्यार्थीको ७५ प्रतिशत हाँजिरी पुग्ने र शैक्षिक गुणस्तर पनि बढ्ने हमालको भनाई छ ।

क्षेत्रीय शिक्षा निर्देशनालय सुर्खेतले पनि यस बर्षबाट प्रत्येक विद्यालयमा पुगेर अनुगमन गर्ने योजना समेत बनाएको छ । यस्तै केहि विद्यालयमा जिल्ला शिक्षा कार्यालयका कर्मचारीहरु नै परिचालन गरी अनुगमन गर्ने हमालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’