२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

निःशुल्क पाठ्यपुस्तक वितरण दिन भोली मनाइने

२०७३, ४ बैशाख शनिबार १३:११

गोविन्द बिश्वकर्मा/बैशाख ४, सुर्खेत । वैशाख ५ गते अर्थात् भोलीको दिनलाई सुर्खेतमा निःशुल्क पाठ्यपुस्तक वितरण दिनको रुपमा मनाइने भएको छ ।

समयमै विद्यार्थीको हातमा सहज पाठ्यपुस्तक पु¥याउनका लागि वैशाख ५ गतेलाई निःशुल्क पाठ्यपुस्तक वितरण दिनका रुपमा मनाउन लागिएको जिल्ला शिक्षा कार्यालय सुर्खेतले जनाएको छ ।

यो विषयमा सवै विद्यालयलाई जानकारी पनि गराइसकिएको शिक्षा कार्यालयले जनाएको छ । समयमै निजी तथा सामुदायिक विद्यालयका विद्यार्थीका हातमा सहजै पाठ्यपुस्तक पु¥याउने लक्ष्यअनुसार यो अभियान संचालन गरिएको जिल्ला शिक्षा अधिकारी दीपा हमालले जानकारी दिनुभयो । विद्यार्थीका हातमा समयमै पाठ्यपुस्तक नपुग्ने भएकाले दिवसै मनाएर विद्यार्थीहरुलाई पाठ्यपुस्तक वितरण गर्ने अभियान चलाउन लागेको हमालले बताउनुभयो ।

सुर्खेतमा तीन हजार पाँच सय सेट पुस्तक नपुगेको पुस्तक व्यवसायीको गुनासो आएको बताउँदै हमालले सम्बन्धित निकायमा कुरा राखिसकेको जानकारी दिनुभयो । यो अभियानले विद्यार्थीको ७५ प्रतिशत हाँजिरी पुग्ने र शैक्षिक गुणस्तर पनि बढ्ने हमालको भनाई छ ।

क्षेत्रीय शिक्षा निर्देशनालय सुर्खेतले पनि यस बर्षबाट प्रत्येक विद्यालयमा पुगेर अनुगमन गर्ने योजना समेत बनाएको छ । यस्तै केहि विद्यालयमा जिल्ला शिक्षा कार्यालयका कर्मचारीहरु नै परिचालन गरी अनुगमन गर्ने हमालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने