२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

गाउँको बिकासका लागी जुर्मुराउँदै दार्चुलाका युवाहरु, के-के गर्दै छन् ?

२७ भाद्र २०७४, मंगलवार १०:५६

लोकेन्द्र प्रशाद जोशी | भदौ २७, दार्चुला । दार्चुला जिल्लाको मालीकार्जुन अनलाइन सेवा समिति, मैखोलीले लेकम गाउँपालीका ५ मैखोलीमा रहेको मालीकार्जुन मन्दीरमा आवासीय सुबिधासहतिको पाहुना घर निमार्ण गर्ने तयारी गरीरहेको छ । अगामी दिनहरुमा गाउँमा स्वरोजगारी शृजना गर्ने, बिकास निमार्णका अन्य कामहरु गर्ने र बिद्यार्थी तथा युवा लक्षित शिक्षा, स्वास्थ्य, जनचेतनाका कार्यक्रमहरु सञ्चालन गरेर गाउँलाइ सुन्दर, समृद्ध, बिकसीत र नमुना बनाउँने लक्ष्य लिएर बैधानिक रुपमा गठन प्रकृर्यामा रहेको समितिले मन्दीर निमार्ण गरेर कामको सुरुवात गरीरहेको समितिका अध्यक्ष बाशुदेब जोशीले जानकारी दिनुभयो ।


अहिले मन्दीर निमार्णकालागी देश बिदेशमा रहेका गाउँले आफ्न्तहरुबाट स्वइच्छाले क्षमता अनुसारको आर्थीक संकलन भइरहेको र भोली बैधानिक रुपमा गठन भइसकेपछि बिधान अनुसार अन्य कामहरु गरीने अध्यक्ष जोशीले बताउँनुभयो ।


समितिका कोषध्यक्ष महेश राज जोशीका अनुसार हालसम्म मन्दीरकोलागी दुइ लाख बढी रकम सहयोग गर्ने घोषणा भएको र भारतको जम्मु लगायत ठाउँबाट ३५,००० रुपैया बढी संकलन भइसकेको छ ।


सोमबारसम्म लेकम ५ मैखोलीका बाशु देब जोशी, गैर रु ५,००१, मदन राज जोशी चौडेली रु १०,००१, हरी प्रशाद जोशी अम्कुर रु १६,०००, केशब जोशी दोलमा रु ५,००१, महेश राज जोशी, सलाइनी रु ७,००१, सिब दत्त जोशी, ठुलीगैर रु ५,००१, नबराज जोशी मुख्या ग्वालखेत रु ५,००१ केशब जोशी मसाड रु २५,००१, नन्द राज जोशी अक्कुर रु १,००१, नबराज जोशी भरण्या, बोया रु ७०५३, हरी जोशी धुलेडी रु १,००५, गोबिन्द राज जोशी सउडे रु १,००१, प्रेम बल्लब जोशी, सिकारी डुण रु ५,००१, स्याम राज जोशी जोलज्युरी रु ५,१०१, धर्मानन्द जोशी धुलेडी रु ८१६, केशब दत्त जोशी लेकाइजर रु १,६०२, उपेन्द्र प्रशाद जोशी, डुण रु १,००१, तुलादत्त जोशी सुङरखाल रु २,५०५, पुस्प राज जोशी सलाइनी रु ३४,५२७, इन्द्र देब जोशी अम्कुर टाकमा रु ५,५५५ लोकेन्द्र प्रशाद जोशी मैखोली रु १,१११ दामोदर जोशी लेकाइजर रु १,००१ धर्मानन्द जोशी सलाइनि रु ५,०५१ माधब जोशी गडाइनी रु ५,०००, माधब जोशी सलाइनी ३,२०१, केशब दत्त जोशी धुलेडी ५,५५५, जयानन्द जोशी खर्क रु ८,०००, रामदत्त जोशी मसाड ५११ रुपैया सहयोग घोषणा भएको छ ।


घोषणा भएको रकम मन्दीरको खातामा जम्मा गरेर नेपालीहरुको महान चाड बडादशैको पुर्ब सन्ध्यामा नबरात्रा लाग्ने भएकोले उक्त समयमा भवन निमार्णको कामलाइ अगाडि बढाइने अध्यक्ष जोशीले बताउँनुभएको छ ।


गाउँको बिकासकालागी गठन हुनलागेको गैर नाफामुलक समिति भएकोले आफुले सक्ने सहयोग निर्धक्क भएर गर्न सकिने समितिका महासचिब हरीप्रशाद जोशीले बताउँनुभयो ।


लामो समयदेखी गाउँको बिकास हुननसकेको बेरोजगारी समस्या बढ्दै गएको भन्दै देश बिदेशमा रहेका गाउँले युवाहरु एकजुट भएर समाज निमार्णको अभियानमा लाग्न खोजीएको सचिब जोशीले बताउँनुभययो ।


मैखोली पुर्खौली घर भएका सम्पुर्ण आठोला परिवारलाइ एकजुट गर्ने, मन्दीरलाइ परम्परागत मान्यता नबिग्रीनेगरी गाउँको पर्यटकिय बिकास गर्ने उदेश्यले मन्दीरमा पुर्बाधार निमार्ण गर्नुपरेको समितिका सहसंयोजक केशब जोशीले बताउँनुभयो ।


मन्दीर निमार्णकालागी संकलन भएको पैसा कम परे गाउँलेहरुको श्रमदामबाट समेत काम सम्पन्न गरीने अध्यक्ष जोशीले बताउँनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला