२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीको श्री श्याम मिष्ठान भण्डारका संचालक करोड पैसा लिएर फरार भएपछि…

२०७४, २७ भाद्र मंगलवार ११:२५

भदौ २७, नवलपरासी । नवलपरासीको सदरमुकाम परासी स्थित एक मिष्ठान संचालक करोड रुपिया ब्याजमा लिएर फरार भएको आरोप लगाइएको छ । 

वि.सं २०७० सालमा परासी प्रवेश गरि एक व्यस्थित श्री श्याम मिष्ठान भण्डार खोली व्यवसाय गर्दै आएका मिष्ठान संचालक मनोज कुमार गुप्ताले विभिन्न व्यक्तिहरुबाट ब्याजमा लिएको करिब १ करोड रुपिया लिई फरार भएको पिडितहरुले आरोप लगाएका हुन् ।


जिल्लाको दर्जनों भन्दा बढि व्यक्तिहरुबाट संचालक गुप्ताले ५ देखि १० प्रतिशत ब्याजदरमा ऋण ८० लाख भन्दा बढि ऋण लिएको अनुमान गरिएको छ । चर्को ब्याजदरमा लिइएको ऋण र ब्याज समयमै तिर्न नसकेका गुप्ता ऋणमा डुब्न थालेपछि गुप्तालाई ऋण र ब्याज तिर्न साहुहरुले दबाब दिन थालेपछि गुप्ता फरार हुन बाध्य भएको स्थानियहरुको आंकलन छ ।

गुप्ता मिष्ठान खोलेपछि ६ महिनासम्म राम्रो तरिकाले संचालमा गरे पछि यहिंकै व्यपारीहरुको चंगुलमा फंसि जग्गा किनबेचमा  लागे । उनी गाडीपनि भाडामा चलाउन भनि किने, त्यति मात्र होईन भण्डारकै छेउमा एक अर्काे व्यस्थित होटेल श्री श्याम एण्ड रेष्टुरेण्ट पनि खोली हाले । यसरी ऋणमा लिएको पैसा अनावश्यक क्षेत्रमा फंसाउन थालेपछि गुप्ता बर्वादीको मुखमा फस्न पुगे ।

मिष्ठान भण्डारको गुणस्तरीय सेवा र सुविधान दिनप्रतिदिन घटदै गएपछि उनको व्यवासयपनि धारासायी बन्दै गयो । होटेल र मिष्ठान चलाउन ऋण खोज्दै उनी ऋणमा डुब्न पुगे । त्यति मात्र होईन उनी विभिन्न दुग्ध डेयरी बाट ल्याएको दुग्धको पैसा, फर्निचरको पैसा र विभिन्न सामानको पैसा पनि तिर्न आलटाल गर्दै आएको बताइएको छ । 

गत शुक्रवार गुप्ताको परिवारले मनोज गुप्ता अपहरणमा परेको भन्दै खोज तलास गर्न जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् । गुप्ता लिएको ऋण समयमै तिर्न नसकेपछि उनर्लाइ अज्ञात समुहले अपहरण गरी वेपत्ता बनाएको भन्दै उनका परिवारले प्रहरीमा उजुरी दिएका हुन् । भैरहवाँ घर रहेका गुप्ताको विहिवार राती देखी सटर बन्द देखिए पछि गुप्ता भागेको परासी भरि हल्ला सुनिदै आइएको छ ।

यता गुप्तालाई ऋण दिएका दर्जनाें व्यक्तिहरु गुप्ताको खोजतलास गरि दिएको रकम फिर्ता गराउन भन्दै प्रहरीमा निवेदन दिएका छन् । प्रहरीमा परिवारले अपहरण भएको र स्थानियले ऋण असुलीका लागि निवेदन दिए पछि घटना रहस्यमय बन्दै गएको छ । ऋण दिइने ब्यतिmले ऋण तिर्न नसकेर भागेको भन्दै आएका छन् । 

ऋणमा डुबेका ब्यतिmको कस्ले अपहरण गर्छ ? ऋण तिर्न नपरोस भनि अपहरणको नाटक मात्र भएको स्थानियले आकलन गर्न थालेका छन् ।  गुप्ता शुक्रवार देखी वेपत्ता भएका छन् । 

उनि घरपरिवारको सम्पर्कमा समेत नरहेको परिवारिक स्रोतले जनाएकोाछ । गुप्ताले मासिक ५ देखी १० प्रतिसत ब्याजदरमा करिब ८० लाख भन्दा बढि ऋण लिइएको अनुमान गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा