सल्यानको एक विद्यालयलाइ १० थान कम्प्युटर सहयोग

Posted on: 14 Sep, 2017

शंकर केसी/भदौ २९, सल्यान । सल्यानको रीममा रहेको जीवनज्योती माध्यामिक विद्यालयले १० थान कम्प्युटर सहयोग प्राप्त गरेको छ । सांसद् प्रकाश ज्वाला र तुलसिपुर उपमहानगरपालिका दाङका मेयर घनश्याम पाण्डेले कम्प्युटर सहयोग प्रदान गर्नुभएको हो ।  


विद्यालयको शैक्षिक गुणस्तर वृद्धिमा सहयोग पु¥याउने उद्देश्यले सल्यान  क्षेत्र नम्बर २ का सांसद तथा व्यवस्थापिका अर्थ समितीका सभापती ज्वालाले र तुलसिपुर उपमहानगरपालिकाका मेयर पाण्डेले पाँचपाँच थान डेस्कटप कम्प्युटर सहयोग स्वरुप प्रदान गरेको विद्यालय व्यवस्थापन समितीका सल्लाहकार खड्क केसीले बताउनुभयो ।

यस्तै विकास स्टेशनरी तुलसिपुरका सञ्चालक डिल्ली केसीले किताव राख्ने दराज सहयोग गर्नुभएको छ । सहयोग सामग्री हस्तान्तरण गर्दै सांसद् ज्वालाले शिक्षा दिनु भनेको बालबालिकालाई भविष्यमा आइपर्ने समस्या समाधानमा सहयोग पु¥याउनु भएको जनाउँदै कम्प्युटर शिक्षा अहिलेको अपरिहार्य आवश्यकता रहेको बताउनुभयो ।  

उहाँले भन्नुभयो– ‘सूचना प्रविधिले सिकाइलाई रोचक बनाउछ । उसको क्षितिज फराकिलो पार्न सहयोग पु¥याउछ । प्रविधिल सिकाइमा आनन्द दिन्छ र बढी सिक्न सहयोग गर्छ । त्यसैले शिक्षण सिकाइमा कम्प्युटर लगायतका प्रविधिको प्रयोग हुन जरुरी छ ।’ यस्तै तुलसिपुर उपमहानगरका मेयर पाण्डेले आफुले जीवनज्योती मावि रीममा पढेको तथा शिक्षण गरेको जनाउँदै विद्यालयको माया र सहयोग सधैभरि रहने बताउनुभएको थियो ।  

उनले शिक्षण सिकाइमा सूचना तथा सञ्चार प्रविधिको प्रयोगलाई व्यापक अभियानको रुपमा लैजानु पर्ने धारणा राख्नुभएको थियो । यस्तै कार्यक्रममा कपुरकोट गाउँपालिका प्रमुख भिम बहादुर सेनले धेरै विद्यालयमाहरु दिइएका कम्प्यूटर सेटहरु प्रयोगको सीपको अभावमा थन्किएको पनि पाइएकोले यस्तो अवस्था आउन नहुने बताउनुभएको थियो । कार्यक्रममा विद्यालयको भौतीक तथा शैक्षिक विकासमा सहयोग गर्ने विभिन्न व्यक्तिहरुलाइ सम्मान पनि गरिएको थियो ।

यसैविच विद्यालय व्यवस्थापन समितीका अध्यक्ष टोपेन्द्र केसीले आर्थीक वर्ष २०७३।०७४ को आयव्यय विवरण पनि सार्वजनीक गर्नुभएको छ । विवरण प्रस्तुत गर्दै उहाँले ७८ लाख ३२ हजार आम्दानी भएको र ७० लाख रुपैया खर्च भइ विद्यालयमा ७ लाख ५० हजार रुपैया वचत रहेको जनाउनुभएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!