कुश्मा । रोजगारीका लागि पोर्चुुगल पुगेका एक नेपालीको हत्या भएकाे छ ।  गत मंगलबार राति ..."/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कुश्मा । रोजगारीका लागि पोर्चुुगल पुगेका एक नेपालीको हत्या भएकाे छ ।  गत मंगलबार राति ..."/>
१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पोर्चुगलमा मारिए जिसी, हत्यारा फरार

२९ भाद्र २०७४, बिहीबार ०३:२०

कुश्मा । रोजगारीका लागि पोर्चुुगल पुगेका पर्वतका  एक व्यत्तिकाे हत्या भएकाे छ ।  गत मंगलबार राति पर्वतको जलजला गाउँपालिका ४ का माझफाँटका ४४ वर्षीय हरिबहादुर जिसीको हत्या भएको हो ।

धादिङका अर्जुन सापकोटाले उनको हत्या गरेको स्थानीय प्रहरीले जनाएको छ । हत्यारा अर्जुन फरार छन् । प्रहरीले खोजी कार्य जारी राखेको छ । हत्याराको कुनै कागजपत्र छैन । जिसीको चक्कु प्रहारबाट मृत्यु भएको बताइएको छ ।

मृतक जिसीको शव शान्ता मारिया अस्पतालमा राखिएको छ । पोष्टमास्टर्मपछि अस्पताल प्रशासनले मृतकको शव परिवार र नेपाली समुदायलाई जिम्मा लगाउने बताएको छ ।

एउटा चाइनीज रेष्टुरेन्टमा मृतकका भाइ ओम जीसीसँग विवाद गरेपछि साहुले तीनदिन अगाडि अर्जुनलाई कामबाट निकालिदिएका थिए । मंगलबार राति करिब ११.४५ बजे क्याम्पो पेकिनोको सडकमा सँगै रहेका दाजुभाइमाथि अन्धाधुन्ध चक्कु प्रहार गरिएको थियो ।

३८ वर्षीय ओम जीसी पनि आक्रमणमा सिकिस्त घाइते भएका थिए । उनको टाउकोमा चार टाँका लगाइएको गैह्र आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद पोर्तुगल निवर्तमान अध्यक्ष भीम केसीले बताए ।

उनको देब्रे आँखामा पनि चोट लागेर निलो भएको छ । उपचारपछि उहाँ आजै सान्ता मारिया अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । भाँडा सफा गर्ने काम गुमाएको झोकमा बदलास्वरुप आक्रमण गरेको ओम जीसीले बताए । मृतकका श्रीमति र तीन वर्षीया एक छोरी पोर्चुगलमै रहेका छन् । अर्की छोरी नेपालमै रहेको बुझिएको छ । जिसीका तीन भाइ मध्ये मृतक हरिबहादुर जिसी जेठा र घाईते ओम जिसी कान्छा हुन् ।

साविक माझफाँट गाविसका हरिबहादुर जिसी पांच बर्षअघि पोर्चुगल पुग्नुभएको थियो । कानुन बिषयमा स्नातक गरेका जिसी आर्थिक समस्याका कारण केही समय बेल्जियम बसेर पोर्चुगल गएको परिवारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह