२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

सुत्केरीलाई पाँच हजार प्रोत्साहन भत्ता दिने तुलसीपुर उपमहानगरको निर्णय

२९ भाद्र २०७४, बिहीबार ०८:५३

भदौ २९, दाङ । दाङ उपमहानगरपालिकाले सुत्केरी स्याहार प्रोत्साहन पोषण भत्ता स्वरुप रु पाँच हजार दिने भएको छ । 

मातृ तथा शिशु मृत्युदर घटाउन र सुरक्षित मातृ स्याहार गर्नका लागि सुनौलो हजार दिनका आमामा लगानी कार्यक्रम ल्याएको उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले बताउनुभयो । 

सुत्केरी स्याहार प्रोत्साहन पोषण भत्ता कार्यक्रम साउन १ गतेदेखि तुलसीपुर उपमहानगरपालिकाका १९ वटै वडामा लागू हुनेछ । गर्भवती भएदेखि सुत्केरी भएको ३५ दिन भित्रको आमा र बच्चालाई उत्प्रेरणा र पोषण स्थितिमा आमा र बच्चाको स्वास्थ्य सुधार गर्नका लागि महिला र बालबालिका कार्यक्रमअन्तर्गत कार्यक्रम ल्याएको उपमहानगरपालिकाले जनाएको छ । 

कार्यक्रमअन्तर्गत प्रसूति सेवा सरकारको सूचीकृत संस्थाबाट सेवा लिएको सुनिश्चित गरिएको कागजात पेश गरी प्रसूति जाँच गरेको बच्चालाई बी.सी.जी. खोप लाएको र ३५ दिनभित्र वडा कार्यालयमा जन्मदर्ता गराएको प्रमाण पेश गर्नुपर्ने प्रावधान रहेको छ । सुत्केरी स्याहार प्रोत्साहन पोषण भत्ता कार्यक्रम ल्याउनुको मुख्य उद्देश्य आमा र बच्चालाई गुणस्तरीय स्वास्थ्य सेवा दिनु, असल पारिवारिक वातावरणमा पोषणयुक्त खाद्य वस्तु उपभोग गर्नु, आमा र शिशुको मृत्युदरमा कमी ल्याउनु, महिला र बालबालिका मैत्री सेवा विस्तार गर्नु निरोगी सुपोषित र स्वावलम्बी नागरिक निर्माण गर्नु रहेको बताइएको छ । 

प्रसूति स्याहार प्रोत्साहन पोषण भत्ता पाँच हजार दुई किस्ता गरी दिइने छ । जसअन्तर्गत चारपटक गर्भ जाँच र सूचीकृत स्वास्थ्य संस्थामा (नेपालभर या बाहिर पनि) प्रसूति सेवा लिएमा रु ९०० प्रसूति सेवा लिएका संस्थाबाट प्राप्त हुनेछ । दोस्रो किस्ता रकम रु चार हजार १०० तुलसीपुर उपमहानगरपालिकाको वडा कार्यालयबाट उपलब्ध गराइनेछ । प्रसूति स्याहार प्रोत्साहन पोषण भत्ता एकजना महिलालाई दुईवटा बच्चा वा दुईपटक प्रसूति सेवासम्म मात्र उपलब्ध गराइने छ । 

पाँच सय ३२ जनाको निःशुल्क आँखाको शल्यक्रिया सेवा 

यहाँको अस्पतालले ५३२ जना आँखाको शल्यक्रिया गरेको छ । अस्पतालले सात दिनसम्म सञ्चालन गरेको निःशुल्क मोतियाविन्दुको आँखाको शल्यक्रिया शिविरमा ५३२ जनाको बिरामीको आँखामा मोतियाविन्दु देखिएको र उनीहरुलाई निःशुल्क शल्यक्रिया सेवा दिएको राप्ती आँखा अस्पतालका वरिष्ठ प्रशासकीय अधिकृत शम्शेर थापाले जानकारी दिनुभयो । 

नेपाल नेत्रज्योति सङ्घ दाङअन्तर्गत सञ्चालन भएका राप्ती आँखा अस्पताल रक्षाचौरमा १२८, लमही आँखा अस्पताल ९१ र छन्द कालेबाबु नारायणी आँखा अस्पताल बहादुरगञ्ज कपिलवस्तुमा ३३२ जनाको मोतियाविन्दुको शल्यक्रिया गरिएको अस्पतालका चिफ मेडिकल डाइरेक्टर डा सुलक्ष्मी कटुवालले बताउनुभयो । 

यसअघि अस्पतालले आँखा शल्यक्रियाका लागि कम्प्युटर प्रविधि (फेको)बाट रु सात हजार ५०० र हाते प्रविधि (एसआइसिएस) प्रविधिबाट मोतिविन्दुको शल्यक्रिया गरेको शुल्क रु दुई हजार ५०० लिँदै आएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल नागरिकको अपेक्षा र आवश्यकताअनुसार प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री कँडेल ‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता