२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

ब्रम्हपुरी गाउँपालिकामा चार सय घरपरिवारलाई लालपुर्जा वितरण गरियो

२०७४, २९ भाद्र बिहीबार १०:१९

सरोज यादव/भदौ २९, सर्लाही । सर्लाहीको ब्रम्हपुरी गाउँपालिका अन्तर्गत भेल्हीमा मंगलबार ४ सय घर धुरी परिवारलाई लालपुर्जा वितरण गरिएको छ ।

वर्षौ देखि गाउँ , ब्लक , क्षेत्रको एइलानी जग्गामा बसोबास गर्दै आइरहेका बासिन्दाहरुलाइ नापी कार्यालय मलंगवाले लालपुर्जा वितरण गरेको छ । सर्वे गरिएको लामो समय पश्चात् लालपुर्जा पाएकोमा स्थानीयबासी हरु खुसी ब्यक्त गर्दै लालपुर्जा वितरण गर्न आएका टोलीलाई धन्यवाद दिएका छन् । 

सर्लाहीका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कंडेल , नापी कार्यालयका प्रमुख शत्रुधन प्रसाद यादव , भुमि अधिकार मञ्च सर्लाहीका अध्यक्ष जित बहादुर गोले लगायत ले लालपुर्जा वितरण गर्नु भएको छ । 

लामो प्रयास पश्चात् भेल्हीका ४ सय ६५ घर धुरी परिवारलाई प्रति परिवार ५ धुरका दरले करिब ६ बिघा जग्गाको लालपुर्जा वितरण गरिएको भुमि अधिकार मञ्च सर्लाहीका अध्यक्ष गोले ले बताउनु भयो । 

नाप नक्सा भइसकेका जिल्लाका अन्य ठाउँमा ब्लक जग्गाका धनिलाई पनि एक- दुई वर्षको भित्रमा लालपुर्जा वितरण गर्ने लक्ष्य रहेको नापी प्रमुख यादवले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने