१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

रेडियो मेन्छ्यायेमले आठौँ वार्षिक उत्सव मनायो

११ माघ २०७२, सोमबार ०४:४६

प्रकाश धौलाकोटी ।  तेह्रथुम, ११ माघ । तेह्रथुम जिल्लाकै पहिलो सामुदायिक रेडियो, रेडियो मेन्छ्यायेमले आज आफ्नो आठौँ वार्षिक उत्सव विविध कार्यक्रम गरी मनाएको छ । वार्षिक उत्सवका अवसरमा जिल्लाका राजनीतिक दल, सरकारी कार्यालयका प्रमुख तथा गैरसरकारी संघ संस्थाका प्रमुखहरुसँग रेडियोले जिल्लाको विकास निर्माण, सुसासन तथा अन्य विविध क्षेत्रमा पुर्याएको योगदानबारे छलफल गरेको छ ।

सहभागीले रेडियाले भावी दिनमा अझै उत्पादनमुखी र उत्प्रेरणा जगाउने किसिमका कार्यक्रमहरु उत्पादन तथा प्रसारण गर्न सुझाव दिएका छन् । यस्तै वार्षिक उत्सवकै अवसरमा आयोेजित लिम्बु तथा नेपाली भाषामा खुल्ला रेडियो कविता वाचन प्रतियोगिताका विजयीहरुलाई पुरस्कार वितरण गरिएको छ । नेपाली भाषाको कवितातर्फ प्रथम डिल्लीराम परदेशी, द्धितीय प्रकाश धौलाकोटी, तृतीय उत्तम लावती र आरती लिम्बु सान्त्वाना भएका छन् । यस्तै लिम्बु भाषा तर्फ प्रथम योगिता लिम्बु, द्धितीय दिलेन माबो, तृतीय मनिसा तुम्खेवा तथा टठबहादुर पन्धाक र आइन्द्रहाङ आंदेम्बे सान्त्वाना भएका छन् । प्रतियोगिता उत्कृष्ट सबैलाई नगद तथा प्रमाण पत्रले पुरस्कृत गरिएको स्टेशन मेनेजर प्रेमचन्द्र लिम्बुले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव