भदौ ३०, गुल्मी | गुल्मीको एक मात्र  रेसुङ्गा टेलिभिजनको दोश्रो वार्षिकत्सवको अन्तिम तयारी पुरा भएको छ । भोली भदौ ३१ गते तम्घासको चिदीचौरमा विविध सांस्कृतिक  क"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ३०, गुल्मी | गुल्मीको एक मात्र  रेसुङ्गा टेलिभिजनको दोश्रो वार्षिकत्सवको अन्तिम तयारी पुरा भएको छ । भोली भदौ ३१ गते तम्घासको चिदीचौरमा विविध सांस्कृतिक  क"/>
२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

रेसुङ्गा टेलिभिजनको वार्षिकोत्सवको अन्तिम तयारी पुरा

३० भाद्र २०७४, शुक्रबार ०४:००

भदौ ३०, गुल्मी | गुल्मीको एक मात्र  रेसुङ्गा टेलिभिजनको दोश्रो वार्षिकत्सवको अन्तिम तयारी पुरा भएको छ । भोली भदौ ३१ गते तम्घासको चिदीचौरमा विविध सांस्कृतिक  कार्यक्रम सहित भव्य रुपमा सम्पन्न हुन गईरहेको वार्षिकोत्सवको नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष गोविन्द आचार्यले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । 

आज साँझ नै अध्यक्ष आचार्य सहितका विशेष अतिथीहरु तम्घास आई पुग्ने र टेलिभिजन परिवारले गुल्मीको ऐतिहाँसिक एवं धार्मिक स्थान रेसुङ्गाको महादेव पोखरीमा स्वागत कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रम भोली दिउँसो दिनको साढे १२ वजे देखि सांङ्गेतिक मनोरञ्जनका साथ सुरु हुने भएको छ । कार्यक्रममा लोक गायक राजन कार्की , हास्य कलाकार गोकुल कंडेल, मोडल एवं नायिका तुल्सी सापकोटा, गायिका शिलु भट्टराई, तुल्सीङ्ग रनपछाई, महेन्द्र भण्डारी, गणेश अधिकारी, अर्जुन कुँवर र  यमुना अर्याल र अन्य स्थानिय कलाकारहरुको वेजोड प्रस्तुती रहने भएको छ  ।

वार्षिकोत्सव कार्यक्रमको रेसुङ्गा टेलिभिजनले प्रत्यक्ष प्रशारण गर्ने छ । कार्यक्रमको होलायन्ड टेक्टर सप्लार्यस मुख्य प्रायोजक रहेको छ । त्यस्तै अन्य  प्रायोजकहरुमा लाली चाउँचाउ, गुल्मी उद्योग वाणिज्य संघ, कोरियन रेष्टुरेण्ट सुख्खा नगर बुटवल, श्रेष्ठ टेलरिङ्ग वुटवल लगायत रहेको रेसुङ्गा टेलिभिजनका समाचार प्रमुख प्रेम सुनारले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…