१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा एकाबिहानै नेकपाका जिल्ला सेक्रेटरी मंगलसेन पक्राउ

३१ भाद्र २०७४, शनिबार ०३:४५

भदौ ३१, नवलपरासी | नेपाल कम्युनिष्ट पार्टी नवलपरासीका जिल्ला सेक्रेटरी चित्तलसिङ राना मगर (मंगलसेन) लाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

मालपोत कार्यालय कावासोतीका प्रमुख खगेन्द्रराज घिमिरेलाई कालोमोसो दलेको घटनाको अनुसन्धानका लागि मंगलसेनलाई पक्राउ गरिएको डिएसपी राईले बताएका छन् । 

उनलाई  देवचुली नगरपालिकामा रहेको आफ्नै घरमा सुतिरहेको अवस्थामा बिहान ३ बजे पक्राउ गरेको ईलाका प्रहरी कार्यालय नवलपुरका डिएसपी नविनराज राईले बताएका छन् ।

भदौ २९ गते नवलपरासीमा नेपाल कम्युनिस्ट पार्टीनिकट नवलपरासी जिल्ला जनपरिषदले मालपोत अधिकृत खगेन्द्रराज घिमिरेलाई भ्रष्टाचारीको आरोपमा कालोमोसो दलेको थियो ।

जनपरिषदका कार्यकर्ताले बिहीबार घिमिरेकै कार्यकक्षमा गएर कालो मोसो दलेको थियो । स्थानीयको व्यापक मात्रामा गुनासो र उजुरी आएपछि कारवाही गरिएको भन्दै उसले पर्चा समेत छाडेर गएको थियो ।

घिमिरेले सरकारको सेवासुविधा खाई कुर्सीमा बसेर जग्गा रजिष्ट्रेसन पास गर्दा राजश्व छलेर आफ्नो खल्तीमा पार्न पिच बाटोलाई कच्ची र कच्चीलाई बाटो नै नभएको भनी प्रमाणित गरेको, नियतबस पुँजीगत लाभकर कम पारेर राज्यलाई राजश्वमा क्षति पुर्याएर धेरै रकम आफ्नै गोजीमा पारेको तथा मालपोतमा सेवा लिन आउनेसँग काममा अनावश्यक ढिलाई गरी छिटोका लागि घुस खाएकोलगायत आरोप नेकपाले लगाइएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह