२०८३, १० बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

योग साधनाप्रति पूर्णरूपमा समर्पित हुनुस् : प्रधानसेनापति

२०७४, १ आश्विन आईतवार ०७:१४

असोज १, काठमाडौँ। प्रधानसेनापति राजेन्द्र क्षत्रीले योग साधनाप्रति पूर्णरूपमा समर्पित हुन आग्रह गर्नुभएको छ । 

पतञ्जलि योग पीठ समितिद्वारा सैनिक मुख्यालय जंगी अड्डामा सञ्चालित एकसाता अवधिको योग विज्ञान शिविरको आज आयोजित समापन कार्यक्रममा उहाँले योगाभ्यासले मानसिक र शारीरिकरूपमा सन्तुष्टि ल्याउन योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । 

प्रधानसेनापति क्षत्रीले भन्नुभयो, “समाजमा एकाग्रह, सोच र चिन्तनमा कमी हुँदै आएका बेला योगाभ्यासको माध्यमबाट मन, मस्तिष्क र स्वास्थ्यमा सकारात्मक परिवर्तन ल्याउन सकिन्छ, सुरक्षा निकायमा पनि योगाभ्यास क्रमशः विस्तार हुँदै गएको छ । 

पतञ्जलि योग पीठ नेपालका संरक्षक पूर्व प्रहरी नायब महानिरीक्षक ज्ञानेन्द्रबहादुर महतले योगले मानिसको जीवनमा सकारात्मक परिवर्तन ल्याउन योगदान दिने धारणा व्यक्त गर्नुभयो । 

पतञ्जलि योग पीठ नेपालका केन्द्रीय प्रभारी लवदेव मिश्रले योगाभ्यासले मनोबल उच्च बनाउनाका साथै शारीरिक र मानसिक तनावबाट मानिसलाई छुटकार दिलाउन सहयोग पु¥याउँछ भन्नुभयो । 

उक्त शिविरमा नेपाली बलाधिकृत रथी बलदेवराज महत, रथी बृन्ददेखि सकलदर्जा, सैनिक परिवारजनसमेत गरी ४०० जनाको सहभागिता रहेको थियो । 

शिविरमा योग र प्राणायमसम्बन्धी ज्ञान दिइएको थियो । योग शिविर बिहान ६ देखि ८ बजेसम्म दैनिकरूपमा सञ्चालन भएको नेपाली सेनाले जनाएको छ ।  रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ