२०८३, १० बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दुई हजार पाँच सय लागूऔषध प्रयोगकर्ताको उपचार

२०७४, १ आश्विन आईतवार ०८:४३

असोज १, काठमाडौँ। नेपाल प्रहरी श्रीमती सङ्घद्वारा सञ्चालित आसरा सुधार केन्द्र रानीबारीले गत बीस वर्षमा दुई हजार ५१३ लागूऔषध प्रयोगकर्ताको उपचार गरेको छ । 

केन्द्रले लागूऔषध प्रयोगका कारण विसं २०५४ देखि हालसम्म भर्ना भएका चार हजार ७८ मध्ये दुई हजार ५१३ जनाको उपचार गरेको केन्द्रका सचिव रम्भा लामाले बताउनुभयो । केन्द्रमा उपचारका लागि भर्ना भएकामध्ये मानसिक असन्तुलन र शारीरिक अक्षमताका कारण २११ र पूर्णकालीन सुविधा नलिई एक हजार २७२ घर फिर्ता भएका छन् । हाल ७८ जनाले केन्द्रमा उपचार गरिरहेका छन् । 

स्थापनाको २१ औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक प्रकाश अर्यालले लागूऔषध दुव्यर्सनलाई रोक्न घरबाटै अभियान चलाउनुपर्नेमा जोड दिनुभयो । उहाँले पछिल्लो समय पुरुष सँगसँगै महिला पनि दुव्यर्सनमा फस्दै गएको बताउँदै केन्द्रले महिलाको उपचारका लागि पनि छुट्टै उपचार केन्द्र स्थापना गर्नुपर्ने सुझाव दिनुभयो । 

केन्द्रका अध्यक्ष सीमा अर्यालले देशको उत्पादनशील र विकासका आधारस्तम्भका रुपमा रहेका युवा लागूऔषधको जोखिममा परेकाले तिनको उपचारका लागि केन्द्रले महत्वपूर्ण भूमिका खेल्दै आएको बताउनुभयो । 

संस्थाका सचिव लामाले लागूऔषधमुक्त समाज निर्माण गर्ने तथा लागूऔषध प्रयोगकर्तालाई सभ्य नागरिकका रुपमा स्थापित गर्ने उद्देश्यले केन्द्रले लागूऔषध प्रयोगकर्तालाई योगाभ्यास, खेलकुद, नृत्य, साधनालगायत कार्यक्रम सञ्चालन गरेको जानकारी दिनुभयो । कार्यक्रममा केन्द्रको विकास र विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गरेका व्यक्ति तथा प्रहरीलाई सम्मान गरिएको थियो ।  रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ