२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

बुद्धिमानको बुद्धि फेरिएपछि…

१७ कार्तिक २०७२, मंगलवार १९:०८

photo 2प्रभात सुवेदी । कात्तिक १८, बर्दिया । सामाजिक कानुनी सहायता केन्द्र बर्दियाको आयोजनामा निःशुल्क कानुनी सहायता सम्बन्धी जनचेतनामूलक सडक नाटक ‘बुद्धिमानको बुद्धि फेरिएपछि’ मंगलबार सदुरमुकाम गुलरिया स्थित राधाकृष्णचोकमा प्रदर्शन गरिएको छ ।

समाजमा हुने गरेका हिंसाबाट पीडित व्यक्तिहरुका लागि कानुनी परामर्श तथा सेवालाई राज्यले निःशुल्क उपलब्ध गराउने व्यवस्था भएपनि धरै व्यक्तिहरुलाई यसका बारेमा जानकारी नभएका कारण समस्या लुकाइ बस्ने गरेको पाइएकोले पनि यसले आम जनमानसमा सन्देश पु¥याउन यो नाटक प्रदर्शन गरिएको हो ।

हाल नेपालको राजधानीमा केन्द्रिय कानुनी सहायता समिति र ७५ जिल्लामा जिल्ला कानुनी सहायता समितिहरु रहेका छन् । जस अन्तर्गत सामुदायिक कानुनी सहायता केन्द्रहरु स्थापना गरिएका छन् । बर्दिया, सुर्खेत, देलेख, कैलाली, डडेल्धुरा लगायत १० ओटा जिल्लामा यस प्रकारको सेवा प्रदान गर्दै आएको केन्द्रले जनाएको छ । आउँदो पौष महिनादेखि यो कार्यक्रम थप ५ जिल्लामा विस्तार गर्ने लक्ष्य रहेको बताइएको छ ।

Photo 1 (2)घरेलु हिंसा, बलात्कार, चेलिबेटी बेचविखन, जबरजस्ती करणी, कुनै पनि प्रकारका सामाजिक विभेद लगायतका मुद्धाहरुमा निःशुल्क रुपमा कानुनी सेवा उपलब्ध गराइने र यसका लागि लाग्ने सम्पूर्ण खर्च सरकारले उपलब्ध गराउने साथै यसमा पीडित व्यक्तिहरुलाई सहयोग गर्ने सहयोगी व्यक्तिलाई समेत यातायात तथा खानेबस्ने सुविधा उपलब्ध गराइने नाटको सन्देश रहेको थियो । घरेलु हिंसामा परी घाइते भएकाहरुको लागि समेत उपचारका लागि समेत रकम उपलब्ध गराउने व्यवस्थाका बारेमा नाटकमा बताइएको थियो ।

कृष्ण शाह यात्रीको कथा लेखन, प्रभात सुवेदीको निर्देशन रहेको यो नाटकमा शारदा खड्का, अच्युत सुवेदी, अमृता भण्डारी, रामप्रसाद लामिछाने, सुदन लम्साल लगायतका कलाकारहरुको भूमिका रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प