२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

ढोरपाटनमा शिकारको याम शुरु

२०७४, १ आश्विन आईतवार १०:५२

असोज १, बागलुङ। ढोरपाटन शिकार आरक्षमा यो वर्षको पहिलो शिकार याम असोज र मंसिर महिनामा १० नाउर र ६ झारलको शिकार गरिने भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले शिकारको लागि नाउर र झारलको सो कोटा छुट्टाएको हो । 

विभागले प्रतिस्पर्धाका आधारमा छानिएका संस्थालाई शिकार अनुमति दिने गरेको छ । छनोटमा पर्ने संस्थाले विदेशी शिकारीलाई असोज दोस्रो सातादेखि शिकार खेलाउने कार्यालयका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताउनुभयो । 

‘वर्षेनी शिकारबापत तिनुपर्ने राजश्व घटबढ भइरहन्छ’ उहाँले भन्नुभयो “शिकार खेलाउने संस्थाबीच जति प्रतिस्पर्धा चल्यो, त्यति दर बढ्छ ।” 

अघिल्लो शिकार याम फागुन र वैशाखमा शिकार गर्न लगाउने संस्थाले हालसम्मकै उच्च एउटा झारल शिकारको रु १३ लाख पाँच हजार र नाउर शिकारबापत रु आठ लाख ७५ हजार तिरेको थियो । साढे दुई वर्षअघि पनि झारल शिकारको दर बढेर रु ९ लाख ३१ हजारसम्म पुगेको थियो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले तोक्ने कोटा र मागबीचको अन्तरले पनि दर घटबढ हुने गरेको छ । 

अमेरिका, जर्मनी, स्पेन, नर्वे, क्यानडा, दक्षिण अमेरिकालगायतका मुलुकबाट शिकारी ढोरपाटन पुग्ने गर्छन् । सबैजसो शिकारी हेलिकप्टर मार्फत् नै ढोरपाटन पुग्ने गरेको अधिकृत बरालले बताउनुभयो । 

आरक्षको फागुने, वार्षे, सेङ, दोगाडी, घुस्तुङ र सुनदह ‘ब्लग’ गरी ६ ब्लगमा शिकार खेल्ने गरिएको छ । सुनदह ‘ब्लग’मा भने धेरै कम मात्रामा शिकारी पुग्ने गरेका छन् । अत्यन्तै विकट क्षेत्रमा रहेको र बढी खर्चिलो हुने हुँदा शिकारीको कम रोजाइमा सुनदह ‘ब्लग’ पर्ने गरेको छ । शिकारबाट आरक्ष कार्यालयले वर्षेनी करिब रु एक करोड राजश्व उठाउने गरेको छ । एउटा शिकारीले वन्यजन्तुको शिकारमा रु २५ लाखदेखि ३० लाखसम्म खर्च गर्ने गरेको पाइन्छ ।   रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै