१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

ढोरपाटनमा शिकारको याम शुरु

१ आश्विन २०७४, आईतवार १०:५२

असोज १, बागलुङ। ढोरपाटन शिकार आरक्षमा यो वर्षको पहिलो शिकार याम असोज र मंसिर महिनामा १० नाउर र ६ झारलको शिकार गरिने भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले शिकारको लागि नाउर र झारलको सो कोटा छुट्टाएको हो । 

विभागले प्रतिस्पर्धाका आधारमा छानिएका संस्थालाई शिकार अनुमति दिने गरेको छ । छनोटमा पर्ने संस्थाले विदेशी शिकारीलाई असोज दोस्रो सातादेखि शिकार खेलाउने कार्यालयका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताउनुभयो । 

‘वर्षेनी शिकारबापत तिनुपर्ने राजश्व घटबढ भइरहन्छ’ उहाँले भन्नुभयो “शिकार खेलाउने संस्थाबीच जति प्रतिस्पर्धा चल्यो, त्यति दर बढ्छ ।” 

अघिल्लो शिकार याम फागुन र वैशाखमा शिकार गर्न लगाउने संस्थाले हालसम्मकै उच्च एउटा झारल शिकारको रु १३ लाख पाँच हजार र नाउर शिकारबापत रु आठ लाख ७५ हजार तिरेको थियो । साढे दुई वर्षअघि पनि झारल शिकारको दर बढेर रु ९ लाख ३१ हजारसम्म पुगेको थियो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले तोक्ने कोटा र मागबीचको अन्तरले पनि दर घटबढ हुने गरेको छ । 

अमेरिका, जर्मनी, स्पेन, नर्वे, क्यानडा, दक्षिण अमेरिकालगायतका मुलुकबाट शिकारी ढोरपाटन पुग्ने गर्छन् । सबैजसो शिकारी हेलिकप्टर मार्फत् नै ढोरपाटन पुग्ने गरेको अधिकृत बरालले बताउनुभयो । 

आरक्षको फागुने, वार्षे, सेङ, दोगाडी, घुस्तुङ र सुनदह ‘ब्लग’ गरी ६ ब्लगमा शिकार खेल्ने गरिएको छ । सुनदह ‘ब्लग’मा भने धेरै कम मात्रामा शिकारी पुग्ने गरेका छन् । अत्यन्तै विकट क्षेत्रमा रहेको र बढी खर्चिलो हुने हुँदा शिकारीको कम रोजाइमा सुनदह ‘ब्लग’ पर्ने गरेको छ । शिकारबाट आरक्ष कार्यालयले वर्षेनी करिब रु एक करोड राजश्व उठाउने गरेको छ । एउटा शिकारीले वन्यजन्तुको शिकारमा रु २५ लाखदेखि ३० लाखसम्म खर्च गर्ने गरेको पाइन्छ ।   रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह