२४ मंसिर २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

लुम्बिनि विकास कोषलाई रामग्राम स्तुपमा प्रवेश निशेध

१ आश्विन २०७४, आईतवार ११:४७

मो.ईजहार शेष । असोज १, नवलपरासी। भगवान गौतम बुद्धको अस्तु धातु रहेको रामग्राम स्तुप उजैनीको विकासका लागि रामग्राम विकास कोषको माग गर्दै रामग्राम स्तुप संरक्षण तथा पर्यटन विकास संस्था नवलपरासीले विभिन्न चरणबद्ध आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ । 


संस्थाका अध्यक्ष सम्भु उपाध्यायले आज परासीमा पत्रकार सम्मेलन गरी आन्दोलनका कार्यक्रमहरु बारे जानकारी गराउनु भएको छ । लुम्बिनि विकास कोषको अधिनमा रहेकाले रामग्राम स्तुप उजैनीको सर्वाङ्गृण विकासमा कोषले चाँसो नदिएका कारण छुट्टै रामग्राम विकास कोषको स्थापना गर्न आवश्यक रहेको अध्यक्ष उपाध्यायले बताउनु भयो । सरकारले लुम्बिनि विकास कोष मार्फत यस स्तुपको विकासका लागि आवश्यक बजेट विनियोजन गरेपनि कोषले स्तुपको विकासमा चाँसो नदिएका कारण स्तुपको संरक्षण, संम्बद्र्धन सहित प्रचार प्रसार गर्न समस्या भएको छ । बौद्ध धर्मको ईतिहास अनुसार यो स्तुप आजदेखी पच्चिस सय बर्ष पहिला कोलिय राजाद्धारा निर्मित स्तुप हो । शान्तिका अग्रदुत भगवान बुद्धको महापरिनिर्वाण पछि अन्त्येष्टि भएको बचेको अस्थि (अवशेष) ल्याएर  अस्तु कलशमा राखेर यो स्तुपलाई संरक्षण गरिएको धार्मिक शास्त्रमा उल्लेख रहेको जानकारहरु बताउँछन् ।

बौद्ध स्तुप अन्य स्थानमा समेत रहेपनि  रामग्राम स्तुप बुद्धको परिनिर्वाण पश्चात विभिन्न राजाले बनाएका विभिन्न आठ स्तुप मध्ये सिगोँ अस्तु भाग रहेको स्तुप हो भने बाकी ७ वटा स्तुपको उत्खनन गराइ तत्कालिन मगध सम्राट अशोक मौर्यले ति अस्थिलाई उत्खनन् गराई विभिन्न देशका राज्यहरुमा पुर्याउन लगाएका थिए । तर रामग्राम स्तुपको उत्खनन उनले स्तुपको सुरक्षार्थ नागजातीको आग्रहमा उत्खनन नगराई दिदा सिगोँ भाग बचेको हो । त्यही भएर रामग्राम स्तुप संसारको एक मात्र सिगोँ भाग अस्तु रहेको संरक्षित स्तुप रहेको दावी गरिन्छ ।

सरकारले स्तुपको विकासका लागि पनि कराडौंको रकम बिनियोजन गरि कोषलाई जिम्मा लगाउदै आएको छ । तर स्तुपको बिकास गर्न जिम्मा पाएको लुम्बिनि विकास कोषले यस स्तुपको बिकास गर्न नखोज्दा स्तुपको विकास हुन नसकेको हो । यस्तै गत आर्थिक वर्षमा राजनितिक खिचातानीका कारणपनि स्तुपको बिकासका लागि आएको ७८ लाख रकम फ्रिज भएका रामग्राम स्तुप संरक्षण तथा पर्यटन विकास संस्थाका अध्यक्ष शम्भु उपाध्ययले बताउनु भयो । यस्तै रामग्राम–१८ मा रहेको पण्डितपुर कोलीय गणराज्यको राजधानी समेत रहेको पुरात्तव विदहरुबाट प्रमाणित भईसेको हुँदा औपचारिक घोषणा गराउन र संरक्षण तथा पर्बद्धनको मांग गरिएको छ ।  यी दुबै ऐतिहासिक तथा धार्मिक स्थललाई सम्बन्धित निकायले विकासमा चाँसो नदिदा यस क्षेत्रलाई व्यवस्थित पर्यटकीय क्षेत्रमा परिणत गर्न सकिएको छैन । साथै स्तुप लुम्बिनि विकास कोषको अधिनमा रहेकाले यँहा कुनैपनि किसिमको भौतिक संरचनाहरु विकास गर्न सकिएको छैन ।

रामग्राम विकास कोषको मांग गर्दै आन्दोलनपनि घोषणा

 बर्सौंदेखि स्तुपको विकासका लागि छुट्टै कोषको मांग गर्दै आएको रामग्राम स्तुप संरक्षण तथा पर्यटन विकास संस्था नवलपरासीले आन्दोनलको कार्यक्रम अन्तर्गत आईतवार चरणबद्ध आन्दोलनहरु बारे जानकारी गराउदै सहयोगका लागि जिल्लास्थित राजनीतिक दल, गैर सरकारी संघ संस्था, उद्योगि ब्यसायी सबैसँग आग्रह गरको छ । 

आन्दोलनका कार्यक्रम अन्तर्गत असोज ९ गते परासीमा सर्वपक्षिय भेला, १८ गते हस्ताक्षर अभियान, २४ गते ¥याली सहित प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाईने र असोज ३१ गतेबाट लुम्बिनि विकास कोषका पदाधिकारी एंव कर्मचारीलाई स्तुप क्षेत्रमा आउन निशेष गरिने छ । 

यस्तै कार्तिक ७ गते परासीको बाईपासमा सांकेतिक विरोध कार्यक्रम अन्तर्गत ५ मिनेट चक्काजाम, १४ गते प्रधानमन्त्री एंव विभागीय मन्त्रीलाई डेलिगेसन एंव ज्ञापन पत्र र कार्तिक २३ गतेबाट रामग्राम स्तुपमा अध्यक्ष उपाध्यायले आमरण अनशन बस्नु हुनेछ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो