२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

बर्दियामा पहिलोपटक अख्वारी

२९ कार्तिक २०७२, आईतवार ०९:३३

Akkhwari

प्रभात सुवेदी । कात्तिक २९, बर्दिया । थारु भाषामा पछिल्लो समयमा साहित्यिक चिन्तनले स्थान लिँदै गएपनि नियमित रुपमा पत्रिका प्रकाशनको बर्दियामा नयाँ ईतिहास कायम गर्दे पहिलोपटक ‘अख्वारी’ को प्रकाशन गरी आइतबार एक औपचारिक कार्यक्रमको आयोजना गरी लोकार्पण गरिएको छ ।

पत्रिकाको लोकार्पण गर्नुहुँदै थारु पत्रकार संघका केन्द्रिय अध्यक्ष कृष्णराज सर्वहारीले थारु भाषामा पत्रिका प्रकाशनको अभाव भैरहेको अवस्थामा अख्वारीको आगमनले अझ उत्साह बढाएको र यसको निरन्तताका लागि योजना बनाएर लाग्नका लागि शुभकामना व्यक्त गर्नुभयो । कार्यक्रममा थारु साहित्य र यसको विविध आयामहरुका बारेमा छलफल समेत गरिएको थियो । छलफलबाट थारु समुदाय आफैले नै अध्ययन, चिन्तन लेखन प्रकाशन योजना बनाउने र मौलिक संस्कृतिहरुको जगेर्नाका लागि स्वप्रयास गर्नु पर्ने निष्कर्ष निकालिएको छ ।

लोकार्पण कार्यक्रममा पत्रकार महासंघ बर्दियाका अध्यक्ष मिनराज शर्मा, त्रिभुवन विश्वविद्यालयका प्रध्यापक डा. तारालाल श्रेष्ठ लगायतले थारु जातिको बाहुल्य रहेको बर्दियामा जिल्लामा थारु भाषामा पत्रिका प्रकाशन हुनुले थारु जातिको भाषा, संस्कृतिको संरक्षण र बिकासमा टेवा पुग्ने अपेक्षा गर्नुभएको थियो । कार्यक्रम गुलरिया नगरपालिका वडा नं. –६ सुहेलुवा गाउँमा अवस्थित थारु संग्राहलयमा सम्पन्न गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…