२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

पसिनाले नाम कोर्दै युवाहरु…

१० मंसिर २०७२, बिहीबार २०:५६

प्रभात सुवेदी । मंसिर ११, बर्दिया । पैसाकै लागि विदेशिनु कसैको रहर नभएर वाद्यता हो । किनकी पैसाका लगि परिवार र सन्तानको न्यानो माया त्यागेर विदेशिएका युवा युवतीहरु सवै सन्तुष्ट भएर फर्किने अवस्था पनि रहँदैन । परदेशिएको जीवन हो, जे पनि हुन सक्दछ केही भन्न सकिन्न । कमाउन परेदेश गएको छोरो वा छोरी के कस्तो अवस्थामा फर्किने हुन्, केही भर हुँदैन । परिवारको सुख र साहुको ऋण तिरेर सानो भएपनि आफ्नै घर बनाएर केही व्यापार व्यवसाय सञ्चालन गर्ने मीठो सपना बोकेर विदेशिएका युवाहरुले आफुले कमाएको रकमबाट केही रकम छुट्याएर गाउँघरको सेवामा खर्च गर्दछन् भने पक्कै पनि ती युवाहरुको जाँगरीलो मन र पसिनाले गाउँ समाजमा लेख्न खोजिएका सुनौला नामहरुलाई मुक्त कण्ठले प्रशंसाका साथै हौसला दिनै पर्दछ ।
bardiya district 2

यसरी परदेशिएर विदेशी भूमिमा बगाएको पसिनाको कमाइले सानोश्रीताराताल नगरपालिका वडा नं. ८ का केही जाँगरिला युवाहरु मिलेर गत वर्ष १२ नं. गाउँको मुख्य हुलाकी सडक खण्डमा एउटा प्रतिक्षालय बनाए । जसको नाम पनि उनीहरुले राखे १२ स्टार प्रतिक्षालय । उनीहरुले आफ्नो क्लबको नाम पनि १२स्टार(टुवेल स्टार) राखेका छन् ।
यसरी यात्रु प्रतिक्षालय बनाएको एक वर्ष पछि लगत्तै स्थानीय एक विद्यालय नेरामावि पूर्णपुरमा सरस्वतीको मन्दिर निर्माण गरिरहेका छन् । कामको शिलशिलामा कतार पुगेका युवाहरुले आफुले खाजा नास्ता नखाइकन बँचाएको झण्डै १ लाख ५० हजार, त्यसैगरी यसै क्षेत्रबाट मलेसियामा रहेकाहरुबाट १० हजार, कुवेतबाट १२ हजार जति संकलन गरिसकिएको अध्यक्ष बुधेलाल सुनारले बताउनुभयो । थप रकम स्थानीय स्तरबाट नै सहयोग प्राप्त हुने अपेक्षाका साथ काम भैरेहको उहाँ बताउनुहुन्छ ।
bariya

“आफूले पढेको विद्यालयमा मन्दिर नभएको, यसको खाँचो देखेर नै पहिलेदेखि नै योजना बनएका थियौं आज पुरा गर्दैछौं ।” अध्यक्ष सुनारले बताउनुभयो । उहाँले सम्पूर्ण लागत सहित कूल २ लाख ५० हजारभित्रमा सम्पन्न गर्ने गरी काम शुरु गरेको बताउनुभएको छ । शुरुमा सरस्वती मन्दिर निर्माणको प्रस्ताव लिएर जाँदा केही अप्ठयारो त भयो नै, विद्यालयमा हामीले चाहेको स्थानमा बनाउन दिइएन तर पछि व्यवस्थापन समितिले जहाँ भन्यो त्यही नै बनाएका छौं । यहीँ भएपनि ठिकै छ । यो एउटा पवित्र कार्य हो भोलिका पिँढीले सिकुन भन्ने हाम्रो चाहना हो, अध्यक्ष बुधेलाल सुनारले भन्नुभयो ।

शुरुमा १२ जनाको नामबाट १२ स्टार राखिएपनि अहिले आएर १५ जनाको टीम बनेको छ । जसमा टोपबहादुर जि.सी., हेमराज डाँगी, होमबहादुर सुनार, पदम सारु, प्रकाश वि.क. लगायतका युवाहरु रहेका छन् ।
bardiya district 1
कतारमा गाडी चलाउने पेशा गर्दै आएका होमबहादुर सुनारले यस प्रकारको धार्मिक काम गर्न पाउँदा निकै खुसी लागेको बताउनुभयो । केही पाउनका लागि भन्दा पनि नामको लागि र अवका पुस्ताहरुलाई केही प्रेरणा होस् भनेर यस्तो काम गरेका हौं ।
यसरी वैदेशिक रोजगारीबाट कमाएको रकम र आफ्नो गास काटेर समाजमा नै यस प्रकारका सकारात्मक कार्यहरु गर्ने सानोश्रीताराताल नगरपालकिा वडा नं. ८, १२ नम्बर गाउँका जुझारु युवाहरुलाई हाम्रो पनि सलाम । यसबाट अरुलाई पनि प्रेरणा मिलोस् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…