२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

पसिनाले नाम कोर्दै युवाहरु…

२०७२, १० मंसिर बिहीबार २०:५६

प्रभात सुवेदी । मंसिर ११, बर्दिया । पैसाकै लागि विदेशिनु कसैको रहर नभएर वाद्यता हो । किनकी पैसाका लगि परिवार र सन्तानको न्यानो माया त्यागेर विदेशिएका युवा युवतीहरु सवै सन्तुष्ट भएर फर्किने अवस्था पनि रहँदैन । परदेशिएको जीवन हो, जे पनि हुन सक्दछ केही भन्न सकिन्न । कमाउन परेदेश गएको छोरो वा छोरी के कस्तो अवस्थामा फर्किने हुन्, केही भर हुँदैन । परिवारको सुख र साहुको ऋण तिरेर सानो भएपनि आफ्नै घर बनाएर केही व्यापार व्यवसाय सञ्चालन गर्ने मीठो सपना बोकेर विदेशिएका युवाहरुले आफुले कमाएको रकमबाट केही रकम छुट्याएर गाउँघरको सेवामा खर्च गर्दछन् भने पक्कै पनि ती युवाहरुको जाँगरीलो मन र पसिनाले गाउँ समाजमा लेख्न खोजिएका सुनौला नामहरुलाई मुक्त कण्ठले प्रशंसाका साथै हौसला दिनै पर्दछ ।
bardiya district 2

यसरी परदेशिएर विदेशी भूमिमा बगाएको पसिनाको कमाइले सानोश्रीताराताल नगरपालिका वडा नं. ८ का केही जाँगरिला युवाहरु मिलेर गत वर्ष १२ नं. गाउँको मुख्य हुलाकी सडक खण्डमा एउटा प्रतिक्षालय बनाए । जसको नाम पनि उनीहरुले राखे १२ स्टार प्रतिक्षालय । उनीहरुले आफ्नो क्लबको नाम पनि १२स्टार(टुवेल स्टार) राखेका छन् ।
यसरी यात्रु प्रतिक्षालय बनाएको एक वर्ष पछि लगत्तै स्थानीय एक विद्यालय नेरामावि पूर्णपुरमा सरस्वतीको मन्दिर निर्माण गरिरहेका छन् । कामको शिलशिलामा कतार पुगेका युवाहरुले आफुले खाजा नास्ता नखाइकन बँचाएको झण्डै १ लाख ५० हजार, त्यसैगरी यसै क्षेत्रबाट मलेसियामा रहेकाहरुबाट १० हजार, कुवेतबाट १२ हजार जति संकलन गरिसकिएको अध्यक्ष बुधेलाल सुनारले बताउनुभयो । थप रकम स्थानीय स्तरबाट नै सहयोग प्राप्त हुने अपेक्षाका साथ काम भैरेहको उहाँ बताउनुहुन्छ ।
bariya

“आफूले पढेको विद्यालयमा मन्दिर नभएको, यसको खाँचो देखेर नै पहिलेदेखि नै योजना बनएका थियौं आज पुरा गर्दैछौं ।” अध्यक्ष सुनारले बताउनुभयो । उहाँले सम्पूर्ण लागत सहित कूल २ लाख ५० हजारभित्रमा सम्पन्न गर्ने गरी काम शुरु गरेको बताउनुभएको छ । शुरुमा सरस्वती मन्दिर निर्माणको प्रस्ताव लिएर जाँदा केही अप्ठयारो त भयो नै, विद्यालयमा हामीले चाहेको स्थानमा बनाउन दिइएन तर पछि व्यवस्थापन समितिले जहाँ भन्यो त्यही नै बनाएका छौं । यहीँ भएपनि ठिकै छ । यो एउटा पवित्र कार्य हो भोलिका पिँढीले सिकुन भन्ने हाम्रो चाहना हो, अध्यक्ष बुधेलाल सुनारले भन्नुभयो ।

शुरुमा १२ जनाको नामबाट १२ स्टार राखिएपनि अहिले आएर १५ जनाको टीम बनेको छ । जसमा टोपबहादुर जि.सी., हेमराज डाँगी, होमबहादुर सुनार, पदम सारु, प्रकाश वि.क. लगायतका युवाहरु रहेका छन् ।
bardiya district 1
कतारमा गाडी चलाउने पेशा गर्दै आएका होमबहादुर सुनारले यस प्रकारको धार्मिक काम गर्न पाउँदा निकै खुसी लागेको बताउनुभयो । केही पाउनका लागि भन्दा पनि नामको लागि र अवका पुस्ताहरुलाई केही प्रेरणा होस् भनेर यस्तो काम गरेका हौं ।
यसरी वैदेशिक रोजगारीबाट कमाएको रकम र आफ्नो गास काटेर समाजमा नै यस प्रकारका सकारात्मक कार्यहरु गर्ने सानोश्रीताराताल नगरपालकिा वडा नं. ८, १२ नम्बर गाउँका जुझारु युवाहरुलाई हाम्रो पनि सलाम । यसबाट अरुलाई पनि प्रेरणा मिलोस् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन