२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

जुवा खेल्दै गरेका २२ जना पक्राउ

२०८२, १२ भाद्र बिहीबार १८:०३

काठमाडौँ | ठूलो परिमाणमा नगदसहित नुवाकोटको गुर्जेमा जुवा खेलिरहेकाहरू पक्राउ परेका छन्। शिवपुरी गाउँपालिका-६ गुर्जेभन्ज्याङमा रहेको बार्दलीइन होटलमा जुवा खेलिरहेका २२ जनालाई कौडा र ठूलो परिमाणको नगदसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ। प्रहरी नायब उपरीक्षक विक्रम लामाको टोलीले उक्त स्थानमा कौडा खेलिरहेको जानकारी पाएपछि छापा मारेको थियो। प्रहरी टोलीले ६ जना महिला सहित २२ जनालाई ३१ थान कौडा र नगद १० लाख ७१ हजार ६ सय रुपैयाँसहित जुवा खेलिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिए।

पक्राउ परेकाहरूलाई विदुरस्थित प्रहरीको हिरासतमा राखिएको छ। उनीहरूलाई जुवा सम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालय नुवाकोटबाट सात दिनको हिरासतमा राख्ने म्याद थप गरी थप अनुसन्धान भइरहेको एसपी रेग्मीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ प्रधानमन्त्री कार्कीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण इन्धनको मूल्यवृद्धिसँगै गाडी भाडा बढाउन माग महाकाली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट सिकार खेल्न गएका ५ जना बेपत्ता काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहाेरको मात्रा घटाउँदै नवलपरासी कारागारबाट भागेका १८० कैदी अझै फरार दुई फरार प्रतिवादीहरु पक्राउ इनिशा विक हत्याका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर