१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

दुर्घटना न्युनिकरणका लागि सुरक्षीत यात्रा अभियान विशेष तालीम

४ आश्विन २०७४, बुधबार ११:३७

असोज ४, नवलपरासी । बर्दघाट नगरपालिकामा रहेका समृद्धि सामुदायिक विकास मञ्च बर्दघाटले आफ्ना संस्थाका सदस्यहरुलाई सुरक्षीत यात्रा अभियान विशेष तालीम मंगलबार बर्दघाटमा सम्पन्न  गरेको छ । संस्थाका अध्यक्ष मनिष अधीकारीको अध्यक्षतामा सुरु भएको तालीमलाई सुरक्षित यातायात नेपालका सचिव दिनेश पाण्डे प्रशिक्षण दिनुभएको थियो । तालिममा सस्थाका २८ जना सदस्यहरु सहभागी थिए र त्यस लगत्तै सोही सहभागीहरुले दुर्घटना न्युनिकरण र सहायताका लागि युथ एक्सन फर रोड सेफ्टी गठन गरेका छन ।

नगरका सवै वडाहरुलाई समेटनेगरी गठन गरीएको युथ एक्सन फर रोड सेफ्टीको संयोजकमा समृद्धी सामुदायिक विकास मञ्चका वडा संयोजक युवराज पोखरेल र सचिवमा समृद्धी सामुदायिक विकास मञ्चका कार्यक्रम संयोजक  भुपाल शर्मा रहनु भएको छ । त्यसैगरी युथ एक्सन फर रोड सेफ्टीका नवगठित सदस्यहरुमा रेडियो दाउन्नेका कार्यक्रम प्रमुख मनिष अधिकारी, रेडियो दाउन्न्ेकी प्राविधीक प्रमुख दिपा पाण्डे, गिरीराज भटराई, सबिना थापा, सुनिता पछाई, कल्पना चौधरी, ईन्द्र चौधरी र अनिष बर्मा लगाएत रहनुभएको छ । अबको समयमा सस्थाले नगर क्षेत्रमा हुन सक्ने सडक दुर्घटनाका कारणहरुको खोजि गरि त्यसको न्युनिकरणका लागि पहल गर्ने, बर्दघाट देखि देवदह क्षेत्र सम्मा दुर्घटना हुदा समयमा उद्धार कार्यमा समेत जुट्ने र सडक प्रयोगकर्ताहरुलाई सुरक्षित सडकको प्रयोगवारे प्रशिक्षण दिने सस्थाका अध्यक्ष मनिश अधिकारीले बताउनुभएको छ । सो अवसरमा बोल्दै कार्यक्रमका प्रमुख प्रशिक्षक सुरक्षित यात्रा अभियानका सचिव दिनेश पाण्डेले आम सडक प्रयोगकर्ताले सडकको अनुशासन नबुझे सम्म दुर्घटना न्युनिकरण हुन नसक्ने बताउदै सडकमा अकालमा ज्यान जानेक्रमलाई रोक्न युवाहरुको सक्रियता आवश्यक रहेको बताउनु भयो । कार्यक्रममा बृतचित्र जोखिममा ज्यान प्रर्दशन गर्नुका साथै सडकमा सुरक्षित आवागमनको अधिकार र कर्तव्यवारे प्रशिक्षण दिईएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह