१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासी बन पैद्धवार समितिद्धरा काठ वितरण सुरु

५ आश्विन २०७४, बिहीबार ०५:५५

मो. ईजहार शेष। असोज ५, नवलपरासी। चालु आर्थिक वर्षका लागि जिल्ला बन कार्यालय नवलपरासी अन्तर्गत रहेको बन पैदवार आपुर्ति समितिले वितरण गर्ने काठका लागि निवेदन दर्ता गर्न सुरु गरेको छ । 


आर्थिक वर्ष २०७४÷०७५ का लागि आईतबारबाट कार्यालयले घरकाज, दैवी प्रकोप, विकास निर्माण, भुकम्प पीडीत र दाहसंस्कारका लागि काठ दाउरा वितरण गर्दै आएको छ । सो कार्यका लागि आईतबारदेखि निबेदन दर्ता गर्न सुरु गरिएको आपुर्ति समितिका सदस्य अलाउद्दिन शेषले जानकारी दिनुभयो । 


घरकाज तथा विकास निर्माणका लागि आईतबार निवदेन दर्ता गरिने छ भने अन्य कार्यका लागि बाकि दिन निबेदन दर्ता गरिने छ । आईतबार एक दिनमा ३७ जनाले निबेदन दर्ता गराएका छन् । गत वर्ष घरकाजका लागि ९ सय ४४ घरदुरीलाई, विकास निर्माणका लागि १९ संस्थालाई, दैवी प्रकोप र भुकम्प पीडित गरि २९ जना र दाह संस्कारका लागि देवघाट, पिठौली र कोल्हुवा गरि ३५ चट्टा दाउरा वितरण गरिएको थियो ।  गत वर्ष ३७ हजार ३ सय ३६ क्यु फिट काठ बितरण गर्दै ४ करोड २३ लाख राजश्व संक्लन गरिएको आपुर्ति समितिका प्रमुख अमजद अन्सारीले बताउनु भयो । जिल्ला बन कार्यालय नवलपरासीले घरकाज अन्तर्गत मर्मतका लागि प्रति घर २० क्यु फिट, कच्चीघरका लागि ३० क्यु फिट र पक्की घरका लागि ४० क्यु फिट काठ दिने गरेको जनाएको छ । निबेदनमा माग भए अनुसारको कामको स्थलगत अनुगमन गरी काठ वितरण हुदै आएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह