वडालाई ५ ओटा टोलमा विभा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

वडालाई ५ ओटा टोलमा विभा"/>

२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

बुराँसे-दहगाउँमा गरियो गोरटो बाटो मर्मत, टोलका घर हुने भए एउटै कलर

२०७४, ५ आश्विन बिहीबार १२:१३

खकेन्द्र केसी/असोज ५, सल्यान । सल्यानको छत्रेश्वरी गाउँपालीका वडा नम्बर २ ले वडाको सरसफाइ कार्यलाई तिव्र रुपमा अगाडी बढाएको छ । 


वडालाई ५ ओटा टोलमा विभाजन गरेर सरसफाई कार्यक्रम अगाडी बढाइएको हो । आज १ नम्बर टोल बुराँसे र दहगाउँले गोरेटो बाटो मर्मत गरेका छन् भने  टोलको घरमा एउटै रङ बनाउने निर्णय गरेका छन् । 

टोल नम्बर १ दहगाउँले सर्जनशिल प्राविबाट कालाढुङगा सम्म ३.५ किलोमिटर र बयालडारी बाट वडा कार्यालय गौरेघाट जाने २ किलोमीटर गोरेटो बाटो मर्मत गरेको छ । बाटो मर्मत कार्यमा दहगाउँ टोल सुधार समितीका सदस्य खिम बहादुर भण्डारीको नेतृत्वमा ६८ घरधुरीको सहभागिता रहेको थियो । साथै दहगाउँ टोलका सबै घरधुरीले घरमा रातो रङ प्रयोग गर्ने निर्णय पनि गरेका छन् । 

 त्यस्तै १ नम्बर टोलकै बुराँसे टोलले पनि बुराँसे रातामाटा देखि रुन्यापानी सम्म ३ किलोमिटर र खिमौली देखि ठुलाखोला सम्म २ किलोमीटर गोरेटो बाटो मर्मत गरेको छ । बाटो मर्मत कार्यमा बुराँसे टोल सुधार समितीका सदस्य तथा महिला समुहकी अध्यक्ष ललिता बस्नेतको नेतृत्वमा ६९ घरधुरीको सहभागिता रहेको थियो । साथै बुराँसे टोलका सबै घरधुरीले घरमा हरियो रङ प्रयोग गर्ने निर्णय पनि गरेका छन् । सरसफाई अभियानमा वडा सदस्य लालबहादुर वलीको सहभागीला रहेको थियो । 

यस अघि वडा कमिटीको बसेको बैठकले १ नम्बर टोल बुराँसे दहगाउँ, २ नम्बर टोल दहखोला, ३ नम्बर टोल साउनेपानी अत्तरकाडाँ, ४ नम्बर टोल रानीपोखरी र ५ नम्बर टोल डिग्री खोरबारेलाई हाम्रो गाउँ सुन्दर र समृद्ध बनाऔ भन्ने नारा सहित टोल सुधार अभियान संचालन गर्न लागेको हो । 

प्रत्यक टोलमा एक जना अध्यक्ष सहित २१ जना सदस्य टोल सुधार समिती गठन पनि गरिएको छ । जसअनुसार १ नम्बरको अध्यक्षमा लालबहादुर वली, २ मा टीकाराम विक, ३ मा केशरी प्रकाश खडका, ४ मा सुसीला कुमारी विक र ५ मा हुर्मी कुमारी वली रहको छत्रेश्वरी गाउपालिका २ नम्बर वडा अध्यक्ष प्रेम खड्काले जानकारी दिएका छन् । 

 यस अघि वडा कमिटीले गरेका निर्णयहरु यस्ता छन् ।

१. एक घर एक करेसा र फुलबारी ।

२. प्रत्यक घर पाँचओटा भन्दा बढि फलफुलका बोट । 

३. प्रत्यक घर स्वस्थ सुन्दर बालक ।

४. प्रत्यक टोल पुर्णा खोप र पोषन युक्त टोल ।

५. प्रत्यक टोल मदिरा नियन्त्रीत टोल । 

६. प्रत्यक टोल बालबिबाह न्युनीकरण टोल ।

७. प्रत्यकको ज्यान धुम्रपान ले लिन्छ ज्यान भन्ने अभियान ।

८. हरेक टोल गोरेटो बाटो मर्मत अभियान । 

९. टोलका प्रत्यक घर एउटै कलर । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै