२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

पत्रकारितामा महिलाको आकर्षण बढ्दो

२०७४, ६ आश्विन शुक्रबार ०६:२५

असोज ६, तेह्रथुम। तेह्रथुममा सञ्चार गृहहरु थपिनेक्रम सँगै पत्रकारितामा महिलाहरुको आकर्षण समेत बढेको छ । 

जिल्लाको पहिलो रेडियो मेन्छ्यायेमले शुक्रबार सम्पन्न गरेको रेडियो पत्रकारिता तालिममा सहभागी ३० जना मध्ये २७ जना युवतीहरु रहेका थिए । 

बेरोजगारीका कारण व्यक्तित्व विकास हुने आशा र पत्रकारिता प्रतिको मोहले तानेको सहभागी युवतीहरुले बताएका छन् । हाल जिल्लामा तीन वटा रेडियो र केही साप्ताहिक पत्रपत्रिकाहरु रहेका छन् । रेडियोहरुमा काम गरिरहेकामध्ये सबैभन्दा धेरै महिलाहरु नै रहेका छन् ।

युवाहरु बैदेशिक रोजगारीमा जाने र गाउँमा महिलाहरु मात्रै रहने भएकाले पनि यो क्षेत्रमा समेत महिलाहरुकै संख्या बढी देखिएको नेपाल पत्रकार महासंघ तेह्रथुमका अध्यक्ष नरेश ढुंगानाले बताउनुभयो । 

दुई नगरपालिका र चार गाउँपालिका रहेको जिल्लामा लगत्तै अरु दुई वटा रेडियोहरु समेत थपिने तयारीमा छन् । स्थानीय तहले पनि एक सय वाट क्षमता सम्मको रेडियो सन्चालन गर्न पाउने भएपछि गाउँ गाउँमा समेत रेडियो स्टेशन खुल्न लागेका हुन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ सभामुख अर्याल र उपसभामुख ठाकुरबीच शिष्टाचार भेट पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर