२०८३, १० बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाडौँमा गृहमन्त्री शर्माद्वारा ‘प्रहरी हाम्रो टोलमा’ अभियानको उद्घाटन

२०७४, ६ आश्विन शुक्रबार ११:५५

असोज ६, काठमाडौँ। गृह मन्त्राललयले ‘शान्ति सुरक्षा र सुशासन , जनमैत्री प्रहरी र प्रशासन’ नारासहित ‘प्रहरी हाम्रो टोलमा’ अभियान आजबाट शुरु गरेको छ । 

गृहमन्त्री जनार्दन शर्माले अभियानको आज यहाँ एक कार्यक्रमबीच उद्घाटन गर्दै सो अभियान एक साथ आज देशभर दुई हजार ५०० प्रहरी इकाईमा लागू भएको जानकारी दिनुभयो । 

गृहमन्त्री शर्माले प्रस्तुत गर्नुभएको ८४ बुँदे गृह प्रशासन सुधार मार्गचित्रअन्तर्गत रहेर आम नागरिकलाई केन्द्रविन्दुमा राखी यो अभियान शुरु गरिएको हो । अभियानले नागरिकसँग प्रहरी र प्रशासनको सम्बन्ध अझ प्रभावकारी बनाउने, प्रहरी प्रशासनलाई अझ जन–उत्तरदायी बनाउने तथा शान्तिसुरक्षामा नागरिकको सहभागिता बढाउने लक्ष्य राखिएको छ । 

देशभरको प्रत्येक समाजलाई टोलका रुपमा विकास गरी टोल सुधार समिति गठन गरेर आपराधिक गतिविधि नियन्त्रण गर्न र सामाजिक विकास कार्यमा सहकार्य गर्ने उद्देश्य राखिएको छ । 

कार्यक्रममा गृहमन्त्री शर्माले आम नागरिकको शान्ति, सुरक्षा र समृद्धिको अभिलाषालाई पूरा गर्न अभियान ल्याइएको र यो सफल हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले यो अभियान प्रहरी र समुदायबीच समन्वय गरी टोलटोलमा समन्वय समिति गठन गरीने जानकारी दिनुभयो । समाज र राष्ट्रियता बलियो बनाउन, सामुदायिक प्रहरीको अवधारणालाई थप परिमार्जन गर्न अभियान ल्याइएको उहाँको भनाइ छ । 

“घटनापछिको समाधान मात्रै होइन, घटना अघिको समाधानका लागि हाम्रो प्राथमिकता हो,’’ उहाँले भन्नुभयो । 

अर्को प्रसंगमा मन्त्री शर्माले सरकारले इतिहासकै शान्तिपूर्ण निर्वाचन गर्न सफल भएको र अब हुने प्रदेश र सङ्घको निर्वाचन पनि त्यस्तै शान्तिपूर्ण हुने बताउनुभयो । उहाँले संघीय प्रहरी ऐन तर्जुमा भइरहेको र छिट्टै संसद्मा प्रस्तुत हुने जानकारी दिनुभयो । 

कार्यक्रममा गृह राज्यमन्त्री श्यामकुमार श्रेष्ठले प्रहरीलाई आधुनिक र जनमैत्री बनाउने लक्ष्यसहित ‘प्रहरी हाम्रो टोलमा’ अभियान ल्याइएको बताउनुभयो । 

गृह सचिव लोकदर्शन रेग्मीले मन्त्रालयले अघि सारेको ८४ बुँदे सुधार मार्गचित्रमा रहेको प्रहरीसँग सम्बन्धित बुँदा यो संगठन सुधारका लागि ‘म्याग्नाकार्टा’ नै हुने टिप्पणी गर्नुभयो । 

नेपाल प्रहरीका महानिरीक्षक प्रकाश अर्यालले यो अभियानले प्रहरी र नागरिक बीचको सम्बन्ध थप बलियो पार्ने विश्वास व्यक्त गर्दै अभियान आजबाट देशभर एकसाथ शुरु भएको जानकारी दिनुभयो ।  रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो