सागरलाई ४० लाख नेपाल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सागरलाई ४० लाख नेपाल"/>
२०८३, १० बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल आइडलको टप-4 बाट बाहिरिएका सागरलाई ४० लाख

२०७४, ६ आश्विन शुक्रबार २२:०१

असोज ७, कतार | नेपाल टेलिभिजन इतिहाँसमा सर्वाधिक चर्चा कमाएको नेपाल आइडलको टप-4 बाट बाहिरिएका सागर आलेले ४० लाख प्राप्त गरेका छन् | 

सागरलाई ४० लाख नेपाल आइडल आयोजकले नभई उनका फ्यानहरुले प्रदान गरेका हुन् | यस बिषयमा नेपाल आइडलको आज ओमसलाल अल सानिम ईण्ड्रस्ट्रिय एरिया ग्राण्डमलको एम्पीथिएटर हलमा भएको ग्र्याण्ड फिनाले कार्यक्रममा आफ्नो प्रस्तुति पश्चात सागर आलेले जानकारी गराएका हुन् | कार्यक्रममा 'ओई झुमा..ओइ झुमा' बोल गीतमा प्रस्तुति दिए लगत्तै आफुलाई मायाँ गरि आफ्नो बैंक खातामा ४० लाख जम्मा गराउने आफ्ना फ्यानहरुलाई उनले धन्यवाद समेत दिएका छन्  | सागरले नेपाल आइडलको कतारमा भएको बिशेष कार्यक्रममा आफुलाई पठाइएको रकम गायन क्षेत्रमै खर्च गर्ने समेत उद्घोष गरेका छन् | 

यसैबीच कतारमा आयोजित नेपाल आइडलको कार्यक्रमले आज पहिलो नेपाल आइडलमा बुद्ध लामालाई घोषित गरेको छ | पोखराका बुद्ध लामा पहिलो नेपाल आइडल घोषित भएका हुन् । विजेता लामाले सर्वाधिक साढे ४ करोड भोट पाएका थिए । आज दोहाको  बिशेष कार्यक्रमा नेपाल आइडलका निशान भट्टराई फस्ट रनरअप र प्रताप दास सेकेन्ड रनरअप भएका हुन् । आइडलका विजेताले बुद्ध लामाले २० लाख रुपैयाँ सहित महिन्द्रा केयूभी १०० गाडी र १५ लाख रुपैयाँको एल्बम कन्ट्र्याक प्राप्त गरेका छन् । उनलाई लोकप्रिय हास्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (महजोडी) ले पुरस्कार प्रदान गरे। त्यस्तै सेकेन्ड रनरअप बनेका निसान भट्टराईले १५ लाख रुपैयाँ पाएका छन् । त्यस्तै आइडलको सेकेन्ड रनर अप बनेका प्रताप दासले १० लाख रुपैयाँ पुरस्कार पाएका छन् । 

कतारमा आयोजना भएको ग्राण्ड फिनालेमा हजारौं नेपाली दर्शकहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा बुद्ध, निशान, प्रतापसहित १२ प्रतिस्पर्धीहरुले आफ्नो प्रस्तुति दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो