२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

डम्बर माबोहाङ स्मृति रनिङ कप फुटबल प्रतियोगिता सुरु

२०७२, ३ चैत्र बुधबार २१:१८

dammar smriti sportप्रकाश धौलाकोटी/चैत ४, तेह्रथुम । नेपाली कांग्रेस तेह्रथुमका पुर्व महासमिति सदस्य तथा उपसभापति स्व. डम्बर माबोहाङको स्मृतिमा यसवर्षबाट सुरु भएको ‘डम्बर माबोहाङ स्मृति रनिङ कप’ फुटबल प्रतियोगिताको प्रथम संस्करण बुधबारबाट सुरु भएको छ ।

लालीगुरांस नगरपालिका वार्ड नं. १ निवासी स्व. माबोहाङकी धर्मपत्नी पार्वती माबोहाङ तथा माबोहाङ परिवारको प्रायोजनमा यसवर्ष बाट प्रतियोगिता सञ्चालन हुन थालेको हो । प्रतियोगिताको उद्घाटन एक समारोहका बीच नेपाली कांग्रेस तेह्रथुमका सभापति गोविन्द ढुंगानाले गर्नुभयो । नेपाल तरुण दल लालीगुरास नगरसमितिको आयोजनामा सुरु भएको प्रतियोगितामा लालीगुराँस नगरपालिका भित्रका १३ वटा टिम सहभागी छन् ।

प्रतियोगितामा वडा भित्रका खेलाडीहरुले मात्र खेल खेल्न पाउने समेत आयोजक समितिका सचिव रविकिरण मादेनले बताउनुभयो । यस क्षेत्रको आर्थिक, सामाजीक तथा राजनीतिक विकासमा महत्वपुर्ण योगदान गर्नुहुने माबोहाङको स्मृतिमा आयोजित प्रतियोगिताले नगर क्षेत्रका खेलाडीहरुको क्षमता अभिवृद्धि गराउने लक्ष्य राखिएको उहाँले बताउनुभयो ।

प्रतियोगितामा विजेताले नगद ३० हजार सहित ३ वर्षे रनिङ कप, मेडल र प्रमाण पत्र तथा उपविजेतालाई नगद २० हजार सहित ३ वर्षे रनिङ कप, मेडल र प्रमाण पत्र प्रदान गरिने बताइएको छ । प्रतियोगिता आगामी सोमबार सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते