१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

डम्बर माबोहाङ स्मृति रनिङ कप फुटबल प्रतियोगिता सुरु

३ चैत्र २०७२, बुधबार २१:१८

dammar smriti sportप्रकाश धौलाकोटी/चैत ४, तेह्रथुम । नेपाली कांग्रेस तेह्रथुमका पुर्व महासमिति सदस्य तथा उपसभापति स्व. डम्बर माबोहाङको स्मृतिमा यसवर्षबाट सुरु भएको ‘डम्बर माबोहाङ स्मृति रनिङ कप’ फुटबल प्रतियोगिताको प्रथम संस्करण बुधबारबाट सुरु भएको छ ।

लालीगुरांस नगरपालिका वार्ड नं. १ निवासी स्व. माबोहाङकी धर्मपत्नी पार्वती माबोहाङ तथा माबोहाङ परिवारको प्रायोजनमा यसवर्ष बाट प्रतियोगिता सञ्चालन हुन थालेको हो । प्रतियोगिताको उद्घाटन एक समारोहका बीच नेपाली कांग्रेस तेह्रथुमका सभापति गोविन्द ढुंगानाले गर्नुभयो । नेपाल तरुण दल लालीगुरास नगरसमितिको आयोजनामा सुरु भएको प्रतियोगितामा लालीगुराँस नगरपालिका भित्रका १३ वटा टिम सहभागी छन् ।

प्रतियोगितामा वडा भित्रका खेलाडीहरुले मात्र खेल खेल्न पाउने समेत आयोजक समितिका सचिव रविकिरण मादेनले बताउनुभयो । यस क्षेत्रको आर्थिक, सामाजीक तथा राजनीतिक विकासमा महत्वपुर्ण योगदान गर्नुहुने माबोहाङको स्मृतिमा आयोजित प्रतियोगिताले नगर क्षेत्रका खेलाडीहरुको क्षमता अभिवृद्धि गराउने लक्ष्य राखिएको उहाँले बताउनुभयो ।

प्रतियोगितामा विजेताले नगद ३० हजार सहित ३ वर्षे रनिङ कप, मेडल र प्रमाण पत्र तथा उपविजेतालाई नगद २० हजार सहित ३ वर्षे रनिङ कप, मेडल र प्रमाण पत्र प्रदान गरिने बताइएको छ । प्रतियोगिता आगामी सोमबार सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु