सल्यान, रोल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सल्यान, रोल"/>

२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

स्वच्छ, सफा र सुन्दर कपुरकोट अभियान शुरु

२०७४, ७ आश्विन शनिबार १३:४०

शंकर केसी/असोज ७, सल्यान । स्वच्छ, सफा र सुन्दर कपुरकोट भन्ने नाराको साथमा शनिबारदेखि कपुरकोट बजार क्षेत्र सरसफाइ अभियान शुरु भएको छ । 


सल्यान, रोल्पा, रुकुमको प्रवेशद्धारको रुपमा रहेको कपुरकोटलाइ चिटीक्क र फोहोरमुक्त बनाउनका लागी कपुरकोट गाउँपालिकाको सहयोगमा बजार सफाइ तथा व्यवस्थापन समितीले अभियानको शुरु गरेको हो ।

अवका दिनमा नियमित रुपमा बजार सरसफाइ गरिने र गाउँपालिका संग समन्वय गरि कार्ययोजना बनाएर नै अगाडी बढ्ने बजार व्यवस्थापन समितीका अध्यक्ष रुपक बुढाले बताएका छन् । बजार क्षेत्रमा झाडु लगाएर सरसफाइ अभियानको शुरुवात गर्दै कपुरकोट गाउँपालिका प्रमुख भिम बहादुर सेनले मानव जीवनका लागि ज्यादै संवेदनशील र महत्वपूर्ण विषय भएको सरसफाइ केही वर्षयता नेपालमा राष्ट्रिय एजेण्डा नै बनेको बताए ।

उनले भने–‘मानव स्वास्थ्यका लागि सरसफाइ मुख्य आधार हो भन्ने कुरा धेरैलाई थाहा छ । तर त्यसलाई सबैले पालना गर्न सकिरहेका हुँदैनन् । यो आवश्यकता बोध गराउन सक्ने हो भने हाम्रा हरेक वस्ती सफा, सुन्दर हुनेछन् ।’ कपुरकोट गाउँपालिकाको हरेक वडा र टोलटोलमा सरसफाइ अभियान पु¥याइने अध्यक्ष सेनले बताए ।

सरसफाइ कार्यमा कपुरकोट गाउँपालिकाका विभिन्न कार्यालयमा कार्यरत कर्मचारि, शिक्षक, विद्यार्थी, व्यापारि, नेपाल प्रहरी, नेपालि सेना, पत्रकार, बुद्धिजिवि लगाएतको उपस्थीती थियो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै