असोज ८, नवलपरासी । असल छिमेकी नेपालले पाल्हीनन्दन गाउँपालिका १ रमपुरवाका १ सय ७५ जना बाढीपिडितलाई राहत वितरण गरेको छ । 

असल छिमेकी नेपालले त्यस क"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असोज ८, नवलपरासी । असल छिमेकी नेपालले पाल्हीनन्दन गाउँपालिका १ रमपुरवाका १ सय ७५ जना बाढीपिडितलाई राहत वितरण गरेको छ । 

असल छिमेकी नेपालले त्यस क"/>

२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीका बाढिपिडित गर्भवती, सुत्केरी र एकल महिलालाई राहत वितरण

२०७४, ८ आश्विन आईतवार १४:२७


असोज ८, नवलपरासी । असल छिमेकी नेपालले पाल्हीनन्दन गाउँपालिका १ रमपुरवाका १ सय ७५ जना बाढीपिडितलाई राहत वितरण गरेको छ । 

असल छिमेकी नेपालले त्यस क्षेत्रमा बाढी पिडित रहेका गर्भवति, सुत्केरी, एक महिला र अपाङ्गहरुलाई मात्र राहत सामाग्री वितरण गरेको हो । संस्थाले वितरण गरेको राहत सामाग्रमा १ मेट्रेस, २ वटा टावेल, २ वटा पछ्यौरी (आढने साल), २ वटा जाडो टोपी, २/२ वटा लुगा धुने र नुहाउने साबुन, १ पिस लगाउने तेल, १/१ पिस तुथपेष्ट र ब्रस रहेको संस्थाका जिल्ला संयोजक पुरन सोतीले बताए ।

उनले भने सरावल गाउँपालिकाको वार्ड नम्बर ६ र ७ मा पनि ५ सय २४ जना पिडितहरुलाई राहत वितरण गरिएको छ । सरावलको ७ भुजहवाँमा २०९ जना पिडितहरुलाई  २५ किलो चामल, ३ किलो दाल, १ पोका नुन, २ लिटर खाने तेल, १०० लिटरको पानी ड्रम, र ८५ जनालाई त्रिपाल वितरण गरिएको संयोजक सोतीले बताए ।

सोतीका अनुसार यस संस्थाले जिल्लाको पाल्हीनन्दन गाउँपालिका वार्ड नम्बर १ र ६, सरावल गाउँपालिका वार्ड नम्बर ६ र ७, मध्यविन्दु र कावासोती नगरपालिकामा गरि कुल १ हजार १९ जना गर्भवति, सुत्केरी, एकल महिला र अपाङ्ग बाढी पिडितहरुलाई राहत विरतण गर्ने संस्थाका योजना छ जस अन्तर्गत विभिन्न ठाउँमा राहत वितरण पनि भैसकेको छ । संस्थाले यि क्षेत्रहरुमा कुल ५२ लाख रुपिया बराबरको राहत वितरण गर्ने संयोजक सोतीले बताए ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै