असोज ८, नवलपरासी । असल छिमेकी नेपालले पाल्हीनन्दन गाउँपालिका १ रमपुरवाका १ सय ७५ जना बाढीपिडितलाई राहत वितरण गरेको छ । 

असल छिमेकी नेपालले त्यस क"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असोज ८, नवलपरासी । असल छिमेकी नेपालले पाल्हीनन्दन गाउँपालिका १ रमपुरवाका १ सय ७५ जना बाढीपिडितलाई राहत वितरण गरेको छ । 

असल छिमेकी नेपालले त्यस क"/>

१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीका बाढिपिडित गर्भवती, सुत्केरी र एकल महिलालाई राहत वितरण

८ आश्विन २०७४, आईतवार १४:२७


असोज ८, नवलपरासी । असल छिमेकी नेपालले पाल्हीनन्दन गाउँपालिका १ रमपुरवाका १ सय ७५ जना बाढीपिडितलाई राहत वितरण गरेको छ । 

असल छिमेकी नेपालले त्यस क्षेत्रमा बाढी पिडित रहेका गर्भवति, सुत्केरी, एक महिला र अपाङ्गहरुलाई मात्र राहत सामाग्री वितरण गरेको हो । संस्थाले वितरण गरेको राहत सामाग्रमा १ मेट्रेस, २ वटा टावेल, २ वटा पछ्यौरी (आढने साल), २ वटा जाडो टोपी, २/२ वटा लुगा धुने र नुहाउने साबुन, १ पिस लगाउने तेल, १/१ पिस तुथपेष्ट र ब्रस रहेको संस्थाका जिल्ला संयोजक पुरन सोतीले बताए ।

उनले भने सरावल गाउँपालिकाको वार्ड नम्बर ६ र ७ मा पनि ५ सय २४ जना पिडितहरुलाई राहत वितरण गरिएको छ । सरावलको ७ भुजहवाँमा २०९ जना पिडितहरुलाई  २५ किलो चामल, ३ किलो दाल, १ पोका नुन, २ लिटर खाने तेल, १०० लिटरको पानी ड्रम, र ८५ जनालाई त्रिपाल वितरण गरिएको संयोजक सोतीले बताए ।

सोतीका अनुसार यस संस्थाले जिल्लाको पाल्हीनन्दन गाउँपालिका वार्ड नम्बर १ र ६, सरावल गाउँपालिका वार्ड नम्बर ६ र ७, मध्यविन्दु र कावासोती नगरपालिकामा गरि कुल १ हजार १९ जना गर्भवति, सुत्केरी, एकल महिला र अपाङ्ग बाढी पिडितहरुलाई राहत विरतण गर्ने संस्थाका योजना छ जस अन्तर्गत विभिन्न ठाउँमा राहत वितरण पनि भैसकेको छ । संस्थाले यि क्षेत्रहरुमा कुल ५२ लाख रुपिया बराबरको राहत वितरण गर्ने संयोजक सोतीले बताए ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी