२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

मतदाता नामावली संकलन हुने

२०७२, ५ चैत्र शुक्रबार ०६:०९

प्रकाश धौलाकोटी, चैत्र ५, तेह्रथुम । तेह्रथुममा चैत्र १६ गतेदेखि बैशाख ३ गतेसम्म मतदाता नामावली संकलन तथा अद्यावधिक गर्ने कार्यक्रम सन्चालन हुने भएको छ । जिल्ला निर्वाचन कार्यालयले विभिन्न गाविसमा पुगेर घुम्ती शिविर सञ्चालन गरी मतदाताहरुको नयाँ नामावली दर्ता तथा अद्यावधिक गर्न लागेको हो ।

चैत १६ गतेदेखि सुरु हुने कार्यक्रमकालागि जिल्लाका पुर्वी र पश्चिमी गाविसमा छुट्टाछुट्टै टोली खटिने जनाइएको छ । गाउँमा शिविर सन्चालन गर्नुअघि जिल्ला निर्वाचन कार्यालयले तोकेका निर्वाचन शिक्षा कार्यकर्ताहरुले घर घरमा पुगेर कार्यक्रमबारे जानकारी र अद्यावधिक गर्नुपर्ने विवरण संकलन गर्नेछन् ।

त्यसरी संकलन गरिएको तथ्यांक पछि शिविरमा खटिएका कर्मचारीले अपडेट गर्ने जिल्ला निर्वाचन कार्यालयका कम्प्युटर अपरेटर दीपक भण्डारीले बताउनुभयो । जिल्लाका पुर्वी ईवा गाविसकालागि चैत्र १६ र १७ गते गाविसको कार्यालयमा मतदाता नामावली संकलन तथा अद्यावधिक कार्यक्रम सन्चालन हुनेछ ।

यस्तै छातेढुंगाकालागि चैत्र १९ र २० गते, चुहानडाँडाकालागि चैत्र २२ सय २३ गते, सिम्ले गाविसकालागि २५ र २६ गते, जलजले गाविसकालागि चैत्र २८ र २९ गते र ओयाक्जुङकालागि बैशाख २ र ३ गते मतदाता नामावली संकलन शिविर सम्बन्धित गाविसमा सन्चालन हुनेछ ।

यस्तै पश्चिमी गाविसहरुतर्फ मोराहाङमा चैत्र १६ र १७ गते, सुङनाममा १९ र २० गते, बसन्तपुरमा २२ सय २३ गते, हमरजुङमा २५ र २६ गते, ओख्रेमा २८ र २९ गते र सोल्मामा बैशाख २ र ३ गते मतदाता नामावली संकलन शिविर सन्चालन हुने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

शिविर सन्चालन हुने गाविसमा चैत्र ८ गतेदेखि २३ गतेसम्म निर्वाचन शिक्षा कार्यकर्ताहरुले नयाँ नामावली तथा सच्याउनुपर्ने भए त्यसको विवरण संकलन गर्नेछन् । सोही अनुसार शिविरमा खटिएका दर्ता कर्मचारीले तथ्यांक अपडेट गर्ने कार्यालयका कम्प्युटर अपरेटर भण्डारीले जानकारी दिनुभयो ।

हाल दुई नगरपालिका र २१ गाविस रहेको जिल्लाका विभिन्न १२ स्थानमा घुम्ती शिविर सन्चालन गरी नामावली संकलन तथा अद्यावधिक कार्यक्रम सन्चालन हुन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन