कार्यालय सार्ने विवादमा स्थानीयले लगाएको ताला गाउँपालिका अध्यक्षले व"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कार्यालय सार्ने विवादमा स्थानीयले लगाएको ताला गाउँपालिका अध्यक्षले व"/>

१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

पाल्हीनन्दन गाउँपालिकाको कार्यालय फेरी लाग्यो ताला

१० आश्विन २०७४, मंगलवार ११:१३

असोज १०, नवलपरासी । पाल्हीनन्दन गाउँपालिकाको कार्यालयमा आज फेरी तालाबन्दी भएको छ । 


कार्यालय सार्ने विवादमा स्थानीयले लगाएको ताला गाउँपालिका अध्यक्षले विना सहमतीमा तोडेपछि त्यँहाका स्थानीयहरु आक्रोशित भई मंगलबार फेरी तालाबन्दी गरेका हुन् । सरकारले पाल्हीनन्दन गाउँपालिकाको कार्यालय साविक कुश्मामा तोकेपनि गाउँपालिका अध्यक्ष दिपक गुप्ता एकलौटी रुपमा बेलाशपुर सार्न खोजेको भन्दै स्थानीयहरु आक्रोशित बनेका हुन् । 

हजारौंको मासमा आईतबार आएका स्थानीयले हाल पाल्हीनन्द–३ कुश्मामा रहेको कार्यालयमा तालाबन्दी गरेका थिए भने सोमबार गाउँपालिका अध्यक्ष गुप्ताले प्रशासनको सहयोगमा स्थानीयहरुसँग बिना कुनै सहमति गरि ताला तोडेपछि आक्रोशित स्थानीहरुले मंगलबार फेरी तालाबन्दी गरेका हुन् । 


यसबारे प्रतिक्रिया दिदै गाउँपालिकाकी उपाध्यक्ष पावित्रा कोहांरले स्थानीयहरुको सहमति विना ताला तोडिएकाले विबाद बढदै गएको बताउनु भएको छ । तर गाउँपालिका अध्यक्ष गुप्ता भने सम्पर्कमा आउन खोजेका छैनन् ।

 हाल कार्यालय कायम रहेको कुश्मामा प्रयाप्त जग्गा सहित अन्य कार्यालय र पुर्वाधार रहेको र जग्गा अपुग भए आफुहरु उपलब्ध गराउने स्थानीयहरुले बताएपनि गाउँपालिकाको कार्यालय सार्न खोजिएको घोर विरोध भएको छ । यता स्थानीयहरुले दास्रो  पटक लगाएको ताला सहमति बिना तोडिए त्यस्को नतिजा खराब हुनेभन्दै चेतावनी दिएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा