१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

समाजसेवी युवा त्रिपाठीद्वारा ताजिया उद्घाटन (फोटो फिचर)

१५ आश्विन २०७४, आईतवार ०३:५६

असोज १५, नवलपरासी।। नवलपरासीको प्रतापपुर गाउँपालिका स्थित खोकरपुरामा निर्माण गरिएको ताजियाको शनिबार साँझ मधेस युवा उत्थान विकास मञ्च नवलपरासीका अध्यक्ष धिरज त्रिपाठीले उद्घाटन गर्नु भएको छ। 

मुस्लिम समुदायले मनाउने मोहर्रम पर्वको अवसरमा निर्माण गरिएको ताजियाको आज उद्घाटन गरिएको हो भने आइतबारदेखि तीन दिनसम्म मेला सञ्चालन हुने ताजिया निर्माण समितिले जनाएको छ। निकै कलात्मक तरिकाले निर्माण गरिएको ताजियाको मेला हिजरी पात्रो अनुसार मोहर्रम महिनाको दश तारिखका दिन मनाउने गरिन्छ भने एक तारिखबाट मोहर्रम सुरु भएको मानिन्छ। यो अवधिमा धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरू थकरी खेल, ढोल मिलान, मेहन्दी जुलुस लगायत कार्यक्रमहरू गर्ने गरिएको छ। ईस्लाम धर्मका संरक्षक हजरत एमाम हुसैनको सम्झनामा यो पर्व मनाउने गरिन्छ। 

ताजियाको उद्घाटन गर्दै प्रमुख अतिथि मधेस युवा उत्थान विकास मञ्च नवलपरासीका अध्यक्ष धिरज त्रिपाठीले ताजिया निर्माण र यो सँग सम्बन्धित कार्यक्रमहरू मधेसको सांस्कृति सँग सम्बन्धित रहेकाले यसलाई धार्मिक तथा सामाजिक हिसाबले पनि संरक्षण गर्न आवश्यक रहेकोमा जोड दिनुभयो। जिल्लाको महेशपुर,गर्मी,भुजंहवा लगायतका ठाउँमा पनि ताजिया निर्माण गरिएको छ। यो पर्वले सामाजिक सद्भाव कायम गर्नमा पनि महत्वपूर्ण भूमिका निर्वाह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा