असोज १५, परासी । नवलपरासीमा आजदेखि ताजिया मेला शुरु भएको छ । तिन दिन चल्ने मुस्लिम समुदायको ताजिया मेला आजबाट शुरु भएको छ जहाँ ताजियाको द"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज १५, परासी । नवलपरासीमा आजदेखि ताजिया मेला शुरु भएको छ । तिन दिन चल्ने मुस्लिम समुदायको ताजिया मेला आजबाट शुरु भएको छ जहाँ ताजियाको द"/>
२०८२, १४ फाल्गुन बिहीबार
नवलपुर - NWL

नवलपरासीमा ताजिया मेला शुरु दर्शनार्थीहरुको भिडभाड

२०७४, १५ आश्विन आईतवार १३:१४

असोज १५, परासी । नवलपरासीमा आजदेखि ताजिया मेला शुरु भएको छ । तिन दिन चल्ने मुस्लिम समुदायको ताजिया मेला आजबाट शुरु भएको छ जहाँ ताजियाको दर्शन गर्न भक्तजनहरुको भिडभाड बढन थालेको छ । मुस्लिम समुदायको महानपर्व मध्ये मोहर्रम पर्व यहाँका मुस्लिम हिन्दुहरु ठुलो ठुलो ताजिया बनाएर मनाउने गरेका छन् । अरबी हिजरीको पहिलो महिना मोहर्रमको १० तारिखका दिन ईस्लाम धर्मका संरक्षक हजरत ईमाम हुसैन रदीअल्लाहो तआला अन्होको यादमा यो मोहर्रम पर्व कसैले ताजिाय बनाई त कसैले विविध कार्यक्रम गरि मनाउने गरेका छन् ।

जिल्लाको सिमावर्ति क्षेत्र सरवाल गाउँपालिकाका वार्ड नम्बर ७ भुजहवाँमा ठुला तजिया बनाई मेला संचालन गरिएको छ । ७० फिट उचाई, ३० फिट चौडाई आकारमा ३२ खण्डको उक्त ताजिया बनाइएको छ । एक वर्ष लगाएर दुई जना ताजिया मिस्त्रीले बाँसैबासमा रङ्गिनचङ्गिन कागज बेरेर उक्त ताजियालाई सजाएको ताजिया मेला व्यवस्थापन समितिका अध्यक्ष राखलखन कुश्वाहाले बताए ।

जिल्लाको भुजहवाँ, महेसपुर र भगतपुरवा भन्ने गाउँमा ठुलो ठुलो ताजिया बनाई मेला संचालन गरिएको छ । मेलामा हिन्दु मुस्लिम समुदायको नेपाल भारतबाट हजारांैको संख्यामा दर्शनार्थीहरु ताजियाको दर्शन गर्न र मेला अवलोकन गर्न आउने गरेको अध्यक्ष कुश्वाहाले बताए । वर्षौंदेखि परम्परागत रुपमा मनाईदै आइएको यस ताजिया मेलामा ढाँकतासा, थकरी र लाठीभाला खेला समेत प्रदर्शन गरिन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा