२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुस्ताङ्ग - MST

कागबेनी दुर्घटनाका घाइते काठमाडौँ पठाइयो

२०७४, १८ आश्विन बुधबार ०८:४१

असोज १८, मुस्ताङ (रासस) । तीन जनाको ज्यान जाने गरी मंगलबार साँझ कागबेनीमा भएको बस दुर्घटनाका घाइतेलाई आज बिहान काठमाडौँ पठाइएको छ । 

दुर्घटनामा घाइते भएका २० जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत थप उपचारका लागि पोखरा पठाइएको प्रहरी नायब उपरीक्षक रामहरि पाण्डेले जानकारी दिनुभयो । 

उहाँकाअनुसार दुर्घटनामा ज्यान गुमाएका विराटनगर–८ का गणेश सुवेदी र कीर्तिपुर–१२ का शर्मिला दुलालको शव पनि आफन्तको जिम्मा लगाएर हेलिकप्टरमार्फत काठमाडौँ पठाइएको छ । 

मृतक सवारी चालक बागलुङका खेमबहादुर बुढामगरको शव भने जिल्ला अस्पताल मुस्ताङमै राखिएको छ । “आफन्त आएपछि बागलुङ पठाउने तयारी भइरहेको छ”, प्रनाउ पाण्डेले भन्नुभयो । 

मुक्तिनाथ दर्शन गरी जोमसोम फर्कंदै गरेको ग१ ख५५२९ नम्बरको बस ‘बे्रकफेल’ भई दुर्घटना हुँदा तीन जनाको मृत्यु हुनुका साथै २० जना घाइते भएका थिए । 

मंगलबार साँझ नै थप उपचारका लागि पठाउनुपर्ने भए पनि हेलिकप्टर सम्भव नभएकाले बिहानमात्रै पठाइएको प्रहरीले जनाएको छ । “घाइते सबै खतरामुक्त छन्”, प्रनाउ पाण्डेले भन्नुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै