दर्जन भन्दा बढि छाडा पशुका कारण पसलेहरुलाई व्यपा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दर्जन भन्दा बढि छाडा पशुका कारण पसलेहरुलाई व्यपा"/>

२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा छाडा पशुका कारण पसले र यात्री हैरान

२०७४, १८ आश्विन बुधबार १२:३३

असोज १८, नवलपरासी । रामग्राम नगरपालिकामा छाडा पशुचौपायाको बिगविगीले यात्री र पसलहरुलाई समस्या भएको छ । 


दर्जन भन्दा बढि छाडा पशुका कारण पसलेहरुलाई व्यपार गर्न कठिनाई भैरहेको छ भने सवारीसाधन र पैदल यात्रीहरुलाई समस्या भएको गुनासो गरे । एक महिनादेखि नवलपरासीको सदरमुकाम परासी बजारमा दर्जनभन्दा बढि छाडा पशुहरु दिनदहाडै घुमीरहेका छन् जसलाई नगरपालिकाले व्यवस्थापन गर्न सकेको छैन ।

बजारमा घुमिरहेका यि छाडा पशुहरु बाटोमा उभिने र बसिदिनाले सवारी साधन र पैदलयात्रीलाई आवत जावत कठिनाई भएको छ । एका तिर बजारमा बसपार्क र ठेल्ला व्यवस्थापन नभएकाले बाटो जाम भएको छ भने अर्काे तर्फ छाडा पशुहरुको बाटोमै हिडाईडुलाईले सवारी साधनहरु दुर्घटनाको जोखिममा पर्ने सम्भावना बढेको सवारी चालकहरु बताउछन् ।

त्यति मात्र होईन छाडा पशुहरु पसल अगाडी राखिएको बोर्ड र सरसमानहर चलाईदिने र खाने समानहरु खाईदिने समेत कार्यले पसलेहरु हैरान छन् । यि छाडा पशुहरुलाई जति लखेटेपनि एकछिन पछि त यिनका पल्टनै आउछन् । 

यिनलाई व्यवस्थापन गर्न रामग्राम नगरपालिका संग कान्जीहाउसै छैन । बजारमा घुम्ने साना पशु बाख्राहरुलाई व्यवस्थापन गर्न एकछिन नगरपालिका परिसर भित्र काम चलाउ कान्जी हाउस जस्तै एक कोठालाई व्यवस्थापन गरिएको छ भने ठुला चौपायाका लागि भने त्यो पनि व्यवस्था गरिएको छैन जसकारण एक महिनादेखि खुलेआम यि छाडा पशुचौपायाहरु बजारमा घुमिरहेका छन् । बजारमा घुमिरहेका छाडा पशुहरुको व्यवस्थापनमा नगरपालिकाले ध्यान नु¥याउँदा नगरपालिकाको स्थानियले चर्को आलोचना गरेका छन् । 

कान्जी हाउस नगरपालिकाको योजनामा छ यसलाई छिटो निर्माण गरि छाडा पशुचौपाया व्यवस्थापन गर्ने नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै