असोज १९, नवलपरासी । नवलपरासीको कावासोती नगरपालिका ११, लौगाईमा पौडी खेल्ने क्रममा नारायणी नदीमा डुवेर दुई बालक वेपत्ता भएका छन ।
कावासोती ११ लौगाई बस्ने १० वर्षका थम प्रसाद महत्तो (सुमन) र वर्ष ८ का सुसन महत्तो बुधबार दिउसो नारायणी नदीमा नुहाउने क्रममा बेपत्ता भएको ईलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी सहायक निरीक्षक रुकमाङ्गत न्यौपानेले बताउनु भयो ।
बेपत्ता भएका उनीहरुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । २ दिन अघि पनि नारायणी नदीमा पौडी खेल्ने क्रममा एक बालक नदीमा डुबेर बेपत्ता भएका थिए ।
विनयी त्रिवेणी गाउँपालिका– ७ स्थित ब्यारेज पुल नजिक नारायणीमा पौडी खेल्ने क्रममा स्थानीयवासी १० वर्षीय सुजन थनेत बेपत्ता भएका थिए ।