१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

मलामी गएका युवक महाकालीमा बेपत्ता

१९ मंसिर २०८२, बिहीबार १४:२५

काठमाडौँ | महाकाली नदीमा आज दिउँसो एक युवक बेपत्ता भएका छन् । भीमदत्त नगरपालिका–३ तिलकपुरका २८ वर्षीय सनि दमाई महाकालीमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक सागर बोहराले जानकारी दिनुभयो ।

“स्थानीय भाइ पर्नेको महाकाली घाटमा मलामी गएका सनि चिता बनाउने क्रममा चिप्लेर महाकालीमा बेपत्ता भएको प्रारम्भिक खबर आएको छ”, उहाँले भन्नुभयो, “अहिले खोजी कार्यमा नेपाल प्रहरीसहित सुरक्षाकर्मी परिचालन गरिएको छ ।”

त्यसैगरी नौ दिनअघि महाकाली नदीमा बेपत्ता भएका भीमदत्त–१२ ओदालीका २१ वर्षीय रोशन दमाईंको शव आज भेटिएको छ । महाकाली नदीमा भुजेला क्षेत्रबाट नुहाउने क्रममा बेपत्ता भएका दमाई दोधारा चाँदनी झोलुङ्गे पुलभन्दा २०० मिटर दक्षिण नदी किनारमा भेटिएको इलाका प्रहरी कार्यालय दोधारा चादँनीले जनाएको छ । उक्त शव आवश्यक प्रक्रिया पुरा गरी प्रहरीले आफन्तको जिम्मा लगाएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का