२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

रावलको टाउकामा १८ ओटा गाबिस

१६ कार्तिक २०७२, सोमबार १०:४६

दान बहादुर बुढा, कार्तिक १६, मुगु / मुगु जिल्लामा कार्यारत गाँउ बिकास समितिका सचिवहरु दशै तिहारको बाहानामा जिल्ला छोडी बाहीर गएपछि सचिव रेशम रावल सचिव जिल्ला बिकास समिति कायालयको मिति २०७२।७।१३को चलानि नम्बर ३३३ को पत्र अनुसार रावल लाई १८ ओटा गा.बि.सको जिम्मा टाउकोमा आएको छ ।

मुगु जिल्लालाई ४ भेग ९ ईलाका १ निर्वाचन क्षेत्र २४ गाँउ बिकास समितिमा बिभाजन गरीएको एक जिल्ला भएपनि अहिले रेशम रावललाई मुगुमा अहिले १८ ओटा गाबिसका जनता हरुको काममा भ्याई नभ्याई भईरहेको छ । १८ ओटा गाबिसहरु श्रीनगर ,कार्कीबाडा, पिना ,रोवा ,रुगा ,माग्री , किम्री ,डोल्फु ,मुगु, रारा , धैनकोट , जिमा ,नार्थपु, भिई ,सेरी ,खमाले ,पुलुहरुको जनताको काम भ्याई नभ्याई भएको छ ।

स्थानिएबासीहरु मुगुजिल्लको पश्चिम भेगमा सदरमुकाम देखी २२ कोष टाढा ह्याङ्कलु गाबिसबाट हिडेर सदरमुकाम गमगढी पुगेको ३ दिन भै सक्दा पनि कहिले जिबिसले के भन्छ कहिले केभन्छ प्रशासनमा गएपनि हाम्रो कुराको सुनाहि भएको छौन भनेर स्थानिय बासीको गुनासो रहेको छ । अर्का स्थानिय बासि गम्था गाबिस वडा नम्बर ७ तलिबगर का राजबिक्रम शाहको दु.ख उस्तहि छ । काठमाडौ बाट बाट ५० हजार खर्चगरी नागरीताको प्रतिलिपि लिन आएको २ दिन भयो सचिव भेटाउन गारो भएको दु.ख ब्याक्त गर्दा छन ।

जिल्ला बिकास समितिका निमित्त स्थानिय बिकास अधिकारी जानक बहादुर मल्लका अनुसार सचिवहरु दशै तिहारको बहानामा बिदा र काज मिलायर जिल्ला छोडोका छन । उनिहरुलाई आफु निमित्त भएर कारवाही ग्रर्न नसने स्थानिय अधिकारी पनि जिल्ला बहिर रहेका समेत जानकारी दिएका छन ।

उता जिल्लाको अनुगमन र मूल्याङ्कनको जिम्मा पायको जिल्ला प्रशासन कार्यालयले कुनै पनि कडारुपमा उपस्थिति नभएको र जिल्ला बिकास समितिको कार्यालया स्थानिय बिकास अधिकारी लाई सचिवहरु गाबिसमा उपस्थिति भए नभएको जानकारी पाँउ भनि पत्रचार गरीइको प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मीले बतायका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…