सरोज यादव/असोज २१, सर्लाही । सर्लाहीको हरिपुर्वा नगरपालिकामा गुडिरहेको ट्याक्टरबाट खसेर एक युवतीको ज्यान गएको छ ।
हरिपुर्वा गाउँकै सुरेश साहकी २० बर्षीय छोरी दिपिका कुमारी साह शनिबार ना १ त ६८७५ नम्बरको ट्रेक्टरमा बसेर घरबाट सोही गाउँमा घरायसी कामका लागि बजार गइरहेको बेला गुडिरहेकै ट्याक्टरबाट खसेकी थिइन् ।
ट्रेक्टरबाट खसेपछी युवतीको घट्नास्थलमै मृत्यु भइसकेको थियो । ट्रेक्टरलाई सर्लाही प्रहरीले आफ्नो नियन्त्रणमा लिएको जनाएको छ । तर, चालक भने फरार रहेकाले खोजी कार्य भइरहेको सर्लाही प्रहरीले जनाएको छ ।