२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

बेसी झदै मुगाल र डोल्फाल खाली हुदै गाँउ

२०७२, २० कार्तिक शुक्रबार ०८:२८

दान बहादुर बुढा, कात्तिक २०, मुगु / कार्तिक महिना शुरु भएसंगै हिउ पर्ने क्रम शुरु भएपछि मुगु जिल्लाको उच्चक्षेत्रमा रहेका मुगु गाँउ र डोल्फु गाँउमा बसोबास गर्ने स्थानियहरु जाडो छल्न बेसी तिर झर्न थालेपछि यी गाँउ सुनसान हुन थालेका छन ।

मुगु जिल्लाको मुगु गाविस स्थित मुगु गाँउ र डोल्फु गाविसमा रहेको डोल्फु गाँउका जनताहरु हरेक बर्षमा ६ महिना बेसी र ६ महिना गाँउमा बस्ने गर्दछन । सो क्षेत्रका स्थानियहरु मध्य आर्थीक सम्पन्नताका आधारमा जाडो छल्न देशका विभिन्न जिल्लामा अस्थायी बसोबास गर्न झर्ने गरेको पाईन्छ ।

मुख्य गरि यिनीहरु परिवार सहित जिल्ला सदरमुकाम गमगढी,जुम्ला खलन्गा,बाँके,सुर्खेत र काठमाडौ जाने गर्दछन भने कम आर्थीक स्थिती भएकाहरु गाँउबाट २ घण्टा तल रहेको सिरानी चौरमा झर्ने गर्दछन र टाढा गएका आफन्त गाँउलेहरुका वस्तुभाउ पनि यिनै गाँउलेहरुले हेरचाह गरि दिने गर्दछन ।

उसो त यी दुई गाँउका मात्र हाईन जिल्लाका उच्च स्थानमा रहेका अन्य बस्तिहरुका सर्वसाधरणहरु पनि यो सिजनमा वेशी झर्ने गर्दछन । यती फरक हो की यी दुई गाँउ बाहेकका अन्य बस्तिका स्थानियहरुका लेख र औल गरी दुवै ठाँउका घर जग्गा हुने भएकाले गर्मीमा लेख र हिउदमा बेशी झर्ने गर्दछन भने यी मुगाल र डोल्फालका भने बेशीमा निस्चित स्थान नहुने भएकाले जाडो छल्न आफनो अनुकुल अनुसार देशका विभिन्न ठाँउहरुमा झर्ने गर्दछन ।

मुख्य गरेर यो सिजनमा मुगु र डोल्फु गाँउका अलाभा ताल्चा, कालै, जोगीलेख, ढुमाललेख, गिलाह, पुरुमुरु, बन्जाह, जडेपानी, जवलधारा, लुई, थार्प, तमाथीतुम, जिल्लाका उच्च स्थानमा रहेका २ दर्जन बढी गाँउका स्थानियहरु बेशी झर्ने गर्दछन ।

चैत महिनाबाट बेसीमा गर्मी बढने भएकाले जाडो बढे संगै बेसी झरेका मुगालहरु एकै चोटी फेरी चैत तिर घर फर्कन्छन । मुगु र डोल्फु गाँउबाट बाल बच्चा सहित परिवारै बेसी झर्न क्रम शुरु भएसंगै सिंगो यी गाँउहरु खाली हुदै गएका छन । चितै गाँउका स्थानिय सोनाम तामाङ्कले भने जाडो छल्न परिवारहरुलाई तातो हुने क्षेत्रमा राखेर यी ६ महिनामा प्राय मुगालहरु व्यापारमा लाग्ने र बैशाखमा देखि हिमालमा बहुमुल्य बुटी यार्सागुम्वा संकलन गर्ने र चिनको नाग्चे लाग्ना नाका खुल्ने भएकाले व्यापार गर्न मुगु गाँउमा जाने बताउ छन ।

पुरै गाँउ नै बेसी झर्ने भएकाले मुगु गाँउमा रहेका सिमा प्रहरी चौकीका प्रहरीहरु पनि जाडो महिनाहरुमा जिल्ला सदरमुकाम गमगढीमा झर्ने गर्दै आएका छन । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक सोम बहादुर थापाका अनुसार सिमा प्रहरी चौकी मुगुमा कार्यरत प्रहरीहरु मंसिरको दोसो्र सातामा कहि पुलु चौकी र केही जिल्लामा आउने छन ।

प्रहरी मात्र हाईन स्वास्थ्य चौकी,विद्यालय,भन्सार कार्यालय पनि बन्ध हुने गरेका छन । विद्यालयमा हिउदे विदा हुने भएपनि अन्य कार्यालयका कर्मचारीहरु भने जिल्ला सदरमुकाममा रहेका आफना मुल कार्यालयहरुमा फाल्गुण महिनासम्म काजमा बस्ने गदै आएका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ