२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

सैनिक व्यारेक अगाडी मोटर साईकल , निकुञ्ज कार्यालय मौन

२०७२, ६ मंसिर आईतवार ११:५४

दान बहादुर बुढा /मुगु ६ मंसिर । हिमाली राष्ट्रिय निकुञ्ज भित्र मोटर , गाडी लगायतका सवारी साधन गुड्न नपाईने भए पनि रारा राष्ट्रिय निकुञ्ज भित्रै रहेको रारा राष्ट्रिय निकुञ्ज कार्यालय र नेपाली सेनाको व्यारेक अगाडी नै निर्वाध मोटर साईकल गुडे पनि सोकारवाला निकाय मौन रहेका छन ।

ताल्च विमान स्थल देखि झयारी गाउँ हुँदै माथिल्लो मिलि चौरसम्म सडक खनिए पछि मोटरहरु रारा तालको किनारसम्म पुग्ने गरिरहेका छन भने तालको किनारै किनारमा रहेको घोडेटो बाटो हुँदै मोटर साईकल सोझै निकुञ्ज कार्यालय र नेपाली सेनाको दुर्गा भञ्जन गुल्म रहेको हुटु चौरसम्म विना रोकटोक पुग्ने गरेका छन । मंसिर ३ गते नेपाली सेनाका लागि खोलिएको रासन ठेक्कामा सहभागि हुन पुगेको तिन वटा मोटर साईकल सैनिक अगाडी पुगेका थिए । यसरी पुगेका मोटर साईकललाई निकुञ्ज कार्यालयको निर्देशनमा नेपाली सेनाले दिन भरि आफ्नो नियन्त्रणमा लिए पनि साँझ पख कुनै जरिवाना नगरेर फिर्ता गरेको थियो ।

SONY DSC

रारा ताल अवलोकन गर्नका लागि रारा पुग्ने आन्तरिक पर्यटकहरुले पनि सुर्खेत, जुम्ला, नेपालगञ्ज तथा मुगुको गमगढीबाट मोटर साईकल र माईक्रो जिप चढेर रारा पुग्ने गरिरहेका छन । निकुञ्ज भित्र सवारी साधन लिन नपाईने भए पनि जर्बजस्त रुपमा मोटर साईकल निकुञ्ज कार्यालयसम्म नै ल्याउने गरेको रारा राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ । हिमाली राष्ट्रिय निकुञ्ज नियमावलीले निकुञ्ज क्षेत्र भित्र गाडी, मोटर , मोटर साईकल लगायतका कुनै पनि सवारी साधन प्रवेशमा निषेध गरेको भए पनि रारा आउनेले जर्बजस्ती गरेर मोटर साईकल ल्याउने गरेको रारा राष्ट्रिय निकुञ्ज कार्यालयका प्रमुख मोहनचन्द्र विकले बताए । निकुञ्ज कार्यालय अगाडी नै मोटर साईकल पुग्न थालेपछि स्थानीयवासीहरु आक्रोसित बनेका छन ।

SONY DSC

रारा गाविस मुर्मा गाउँका स्थानीय युवा डबल रोकायाले नागरिकसंग भने हामीले घोडा खच्चड लगायतका पशु वस्तु निकुञ्ज क्षेत्रमा हिडाउदा पशु वस्तुले लगाएका घण्टी निकाल्नु पर्छ, रेडियो सुनेर समेत हिड्न दिदैनन तर हुने खानेहरुले गाडी र मोटर साईकल गुडाउदासम्म नत नेपाली सेनाले केही बोल्छ नत निकुञ्ज कर्मचारीहरु नै बोल्छन । सवारी साधन प्रवेश गर्न नपाईने सुचना टाँसिए पनि सुचनाको वेवास्ता गरि ल्याईएका मोटर साईकल चालकलाई सम्झाएर पठाउने गरिएको कार्यालयको भनाई छ ।

SONY DSC
मोटर साईकल निकुञ्ज कार्यालय रहेको रारा तालको किनारामा पुगेको नयाँ घटना भने होईन । ताल्च विमान स्थल देखि निकुञ्ज हुँदै रारा ताल देखिने माथिल्लो मिली चौरसम्म पाँच किलो मिटर सडक खनिए देखि नै यस्तो भईरहेको छ तर निकुञ्ज कार्यालयले देखे पनि नदेखे झै गरिरहेको छ । सडक पुगेको मिली चौरमा कार्यालयले सवारी साधन प्रवेश गर्न नपाईने बोर्ड मात्र राखेर औपचारिकता निर्वाह गरेको छ ।
९ओटा फोटो पठाएको छु ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन