२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

पहिले दलित भित्रकै बिभेदलाई हटाऊ

२०७२, ८ चैत्र सोमबार २१:०८

प्रकाश धौलाकोटी/ चैत ९, तेह्रथुम । तेह्रथुमको लालीगुराँस नगरपालिकास्थित बसन्तपुर बजारमा सोमबार ५१ औ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसको अवसरमा सचेतनामुलक र्याली तथा कोण सभा सम्पन्न भएको छ ।

नगरस्तरीय दलित नेटवर्कको आयोजना तथा दलित सचेतना समाज नेपालको सहयोगमा निकालिएको र्यालीले विभिन्न सचेतना मुलक र्याली र प्ले कार्ड प्रदर्शन गर्दै बजार परिक्रमा गरिएको थियो ।
terhathum news - sajhasabal

र्यालीमा सहभागीले दलित समुदायमाथि भइरहेको वर्षौदेखिको विभेदको अन्त्यकालागि सचेतीकरण गर्ने खालका नाराहरु उल्लेखित थिए । र्यालीपछि मुख्य चौकमा पुगेर भएको कोणसभामा बोल्दै सहभागी सरोकारवालाहरुले दलित माथिको बिभेदलाई अन्त्य गर्न सुरुमा दलित भित्रकै बिभेदलाई अन्त्य गर्नुपर्नेमा जोड दिएका छन् ।

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी मुरारी वस्तीले दलित समुदायले जातका आधारमा हुने भेदभावको अन्त्य गर्न आफुबाटै सुरु गर्नुपर्ने बताउनुभयो । दलितको नाममा राज्यले निति निर्माण गरेर मात्रै नहुने भन्दै त्यसको कार्यान्वयनमा दलित समुदायले आफुबाटै थालनी गर्नुपर्ने उहाँले बताउनुभयो ।

उहाँले आजको एक्काइसौँ शताब्दीमा जातका आधारमा विभेद गर्नु उपयुक्त नभएको भन्दै अब जातका आधारमा विभेद नभई प्रतिष्पर्धाको भावना विकास हुनुपर्ने बताउनुभयो । राज्यले दलित समुदायलाई क्षतिपुर्तिका नाममा दिएको आरक्षणले उनीहरुको हित भन्दा बढी अहित गरेको भन्दै प्रजिअ वस्तीले स्वस्थ प्रतिष्पर्धा र क्षमतावान् मान्छेहरुलाई स्थापित गरिनुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा बोल्दै जिल्ला दलित नेटवर्कका अध्यक्ष छत्रवीर रोक्काले नितिगत रुपमा दलितहरुका मुद्धा बलियो भएपनि व्यवहारमा अझै कार्यान्वयन हुन नसकेको प्रति चिन्ता व्यक्त गर्नुभयो । नयाँ संविधानले दलितका मुद्धालाई केही हदसम्म स्थापित गरेकाले अब यसको कार्यान्वयन आवश्यक रहेको उहाँले बताउनुभयो ।
अन्य समुदायको तुलनामा दलित समुदायलाई सबैभन्दा बढी संविधानको आवश्यक परेकाले पनि कार्यान्वयनकालागि दलित समुदाय नै अग्रसर हुनुपर्ने उहाँको धारणा थियो । अब दलित समुदाय र दलित अधिकारकर्मी मात्रै नभएर राज्यका सबै निकाय परिचालित हुनुपर्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा लालीगुराँस नगरपालिकाका कार्यकारी अधिकृत मणिराम खतिवडाले सामाजिक समस्याको रुपमा रहेको जातिय विभेदका कुसंस्कारी मान्यताको विरुद्धको यात्रामा आफुले सक्ने सहयोग गर्न सधँै तत्पर रहने बताउनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका देवेन्द्र खड्का, नेकपा एमालेकी अन्जु न्यौपाने, एनेकपा माओवादीका छिरिङ लामा, बसन्त उच्च माविका प्रधानाध्यापक उद्धव नेपाली, महिला शशक्तिकरण सन्जालकी उपाध्यक्ष सरिता खड्का र ले आआफ्नो धारणा राख्नुभयो ।

दक्षिण अफ्रिकामा सन् १९५९ मा साप भिल्ले शहरमा गोराजातिको रङ्ग विभेदका विरुद्ध आन्दोलनमा उत्रिएका ६९ जना कालाजातिको हत्या गरिएको सम्झनामा यो दिवस मनाउने गरिएको हो । संयुक्त राष्ट्रसंघले त्यस घटनालाई मानव अधिकारको हनन् भनेर सन् १९६६ मा सबै प्रकारका जातीय विभेद उन्मुलन सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धी पारित पनि गरिसकेको छ । नेपालले पनि सन् १९७१ मा महासन्धीको अनुमोदन गरिसकेको छ ।

२१ सालदेखि नै छुवाछुत गर्नेलाई कारबाही गर्ने नीति बनेको थियो भने नेपाललाई छुवाछुत मुक्त राष्ट्र घोषणा गरिसकिएको छ । नयाँ संविधान २०७२ र भएका नीति तथा कानुनले सामाजिक विभेदलाई बन्चित गरेको छ ।

नितिगत रुपमा दलित समुदाय निकै बलियो भएपनि व्यवहारमा अझैपनि कार्यान्वयन हुन नसकेको दलित अधिकारकर्मी कुमार बराइलीले बताउनुभयो । कार्यक्रम नगरस्तरीय दलित नेटवर्ककी अध्यक्ष गीता शिवाको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा स्थानीय प्रशासन, नागरिक समाज, दलित समुदायका प्रतिनिधि, संघसंस्था र सन्चारकर्मी सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते