२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ

२०८२, २६ पुष शनिबार ११:१४

काठमाडौँ | प्रहरीले कम्पनीको कागजात दुरूपयोग गरी ‘ई सेवा’मार्फत करोडौँ रकम कारोबार गर्ने गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ ।

काठमाडौँ कीर्तिपुर नगरपालिका–७ का १९ वर्षीय क्रमिक उप्रेती पक्राउ पर्नेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “अनाधिकृत व्यक्तिले वाइड–स्पेस इन्टरनेशनल प्राइभेट लिमिटेडका नाममा आन्तरिक राजस्व विभागबाट जारी भएको स्थायी लेखा नम्बर (प्यान)लगायतका कागजातहरूको दुरूपयोग गरी ई सेवा ‘मर्चेन्ट वालेट’ र ई सेवा ‘वालेट’ खोली गैरकानुनी रूपमा आर्थिक कारोबार गरेको भन्ने बेहोराको उजुरीका आधारमा पक्राउ गरिएको हो ।”

यसैगरी उक्त उजुरीउपर प्रारम्भिक अनुसन्धान गर्दा ई सेवा मर्चेन्ट आइडी २२२२०२००१८२१७५२७ बाट रु ५६ लाख ३३ हजार ६०३ दशमलव ७६ र ई सेवा वालेटबाट रु ५६ लाख ३१ हजार ६०३ दशमलव ७६ बराबरको कारोबार गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।

उनले सट्टेबाजीलगायतका प्रयोजनका लागि रु एक करोड १२ लाखभन्दा बढीको अवैध कारोबार गरेको प्रहरीको भनाइ छ । प्रहरीले निजको साथबाट ल्यापटप एक थान, विभिन्न मोडेलका मोबाइल दुई थान, एनसेल सिमकार्ड १६ थान, नमस्ते सिमकार्ड तीन थान, स्मार्ट सिमकार्ड एक थान, पेन ड्राइभ एक थान तथा मेमोरी कार्ड एक थानसमेत गरिएको जनाएको छ ।

पक्राउ परेका उप्रेतीलाई बैंकिङ कसुर र सट्टेबाजीजन्य कसुरमा आवश्यक अनुसन्धान एवं कारबाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकालीमा पठाइएको प्रवक्ता आचार्यले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार