२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

तेह्रथुममा स्वाभिमान अभियान अन्तर्गत जागरण सभा

१५ चैत्र २०७२, सोमबार ०६:३६

प्रकाश धौलाकोटी, चैत्र १५, तेह्रथुम । शान्ति, अहिंसा, राष्टिय स्वाभिमान, एकता, सद्भाव र आत्मसम्मान् भन्ने नाराकासाथ मानव अधिकार तथा शान्ति समाजले थालेको स्वाभिमान अभियान अन्तर्गत मंगलबार तेह्रथुममा पनि जागरण सभा हुने भएको छ ।
मानव अधिकार तथा शान्ति समाज केन्द्रिय समितिको आयोजना तथा जिल्ला समितिको व्यवस्थापनमा हुने सभामा समाजका संस्थापक सभापति कृष्ण पहाडीले सम्बोधन गर्नुहुने कार्यक्रम रहेको कार्यक्रम व्यवस्थापक गोविन्दप्रसाद ढुंगानाले जानकारी दिनुभयो ।

मंगलबार दिउँसो ठीक एक बजे सदरमुकाम म्याङलुङको मुख्य चौक स्थित उद्योग वाणिज्य संघको सभाहल अगाडि सभा सन्चालन हुने उहाँले बताउनुभयो । अभियान अन्तर्गत समाजले विभिन्न जिल्लाहरुमा जागरण सभा मार्फत सचेतीकरण गर्दै आएको छ ।

व्यक्ति तथा समुदायहरुको आत्मसम्मान उँचो भए राष्टको आत्मसम्मान पनि उँचो हुने तथा शान्तिको शुनिश्चितता, अहिंसाको प्रधानता, अधिकारको सृदृढता, लोकतान्त्रिक मुल्यको व्यापकता र विविधतालाई उत्सवका रुपमा ग्रहण गर्दै राष्टिय स्वाभिमान बलियो एवम् गौरवान्वित तुल्याउन स्वाभिमान आन्दोलनको थालनी भएको समेत समाजले जनाएको छ ।

कार्यक्रममा विभिन्न वक्ताहरुको मन्तव्यका साथै कविता वाचनसमेत हुने कार्यक्रम व्यवस्थापक तथा जिल्ला कांग्रेस सभापति ढुंगानाले जानकारी दिनुभयो । समाजले अभियानको क्रममा हुन लागेको सभामा सहभागी बन्न राजनीतिक दल, नागरिक समाज, उद्योग, व्यापारी, शिक्षक, विद्यार्थी लगायत सबै नागरिकलाई आव्हान समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ