२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गस्तीमा गएका प्रहरी जवानको भेरीमा खसेर मृत्यु

२५ आश्विन २०७४, बुधबार ०८:४१

टेक शाही/असोज २५, डोल्पा । डोल्पामा गस्तिमा गएका एक प्रहरि जवानको भेरिमा खसेर मृत्यू भएको छ । 

काइके गाँउपालिकाको शहरतारमा रहको नाम्दो प्रहरि चौकिमा कार्यरत प्रहरि जवानको भेरिमा खसेर मृत्यू भएको हो । सर्माली १ बैतडि स्थायि घर भएका २७ बर्षिय शेर सिँ साउदको यहि २३ गते साँझ भेरिमा खसेको जिल्ला प्रहरि कार्यालय डोल्पाले जानकारि दिएको छ । साउद बिगत ७ बर्ष देखि नेपाल प्रहरिको जवानमा कार्यरत भएको प्रहरिले जानकारि दिएको छ । 

शरताराको नाम्दो चौकिबाट साविकको लावन गाविस तर्फ गस्तिमा जाने क्रममा चिप्लीएर भेरिमा खसेको र अबेर भएको कारण उनको खोजी गरि उद्धार गर्न नँसएिको नाम्दो चौकिले जानकारि दिएको छ । भेरि ठुलो भएको कारण तहाँ भएको जनशक्तिले उद्धार र खोजी गर्न नसके पछि जिल्लाबाट थप जनशक्ति माग गरेको नाम्दो चोकिले जानकारि दिएको छ । 

जिल्लाबाट इन्सपेक्टरको नेतृवमा तत्काल थप जनशक्ति पठाएको र २४ गते बिहान १० बजे १५ घण्टा पछि घटना घटेको स्थान भन्दा १४ सय मिटर तल भेरिमा शब फेला पारेको प्रहरि नायव उपरिक्षक हरि प्रसाद शर्माले बताए । उनका अनुसार मृतक साउदको पोष्टमार्टम,प्रहरि रिपोटहरु सबै भइ सेकेको र बुधबार नै साउदको शब हेलिकप्टर मार्फत उनका आफन्तलाइ घरमा लगेर बुझाउने बताए । 


हिमाली जिल्ला भएको कारण भौगोलिक बिकटता र उच्च पहाड डाँडा काँडाले गस्तिमा जाने सुरक्षा कर्मिलाइ मात्र हैन सबै यात्रुलाइ समस्या हुने गर्दछ । सुरक्षाका लागि गस्तिमा गएका प्रहरि जवानको निधनले नेपाल प्रहरि स्तबध भएको र सुरक्षामा खटिने प्रहरि जवानहरुको मनोबलामा आँच पुगेको प्रहरि प्रमूख डिएसपि शर्माले बताए । 

उनले भने नेपाल प्रहरिले एक असल जवान मात्र हैन एक सच्चा देश भक्त सिपाहि गुमायो प्रहरि परिवार दुखित छ । देश र जनताका लागि सुक्षामा खटिएका प्रहरिले बिभिन्न कारणले देश र जनताका लागि जयान गुमाउने गरेको भए पनि जनतामा सुरक्षाको अनुभुति कमी भएको महसुस नगराएको नेपाल प्रहरिको दाबि छ । 

बिभिन्न घटनामा नेपाल प्रहरिले ज्यान गुमाए पनि जनताका लागि सुरक्षा र शान्तीको कमि कहिले नहुने जिल्ला प्रहरि कार्यालय डोल्पाले जानकारि दिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य