२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

२ सय ६ मुलुकका १५ किलो सिक्का टाँसेर ‘सिक्का बाबा’ पर्वतमा

२०७४, २६ आश्विन बिहीबार १०:२२

असोज २६, पर्वत | २ सय ६ देशका झण्डै १५ किलोग्राम सिक्का टाँसेको कपडा र टोपी लगाएर विश्व भ्रमणमा निस्किएका सिक्काबाबा पर्वत आइपुग्नुभएको छ ।

विगत ६ वर्षदेखि विश्वशान्तिका लागि पैदल यात्रा शुरु गर्नुभएका कास्की हेम्जाका ४३ वर्षका रामबहादुर परियार ‘सिक्का बाबा’ बुधवार पर्वत आइपुग्नुभएको हो । २०६९ मंसिर २१ गतेदेखि भ्रमण थाल्नुभएका परियारले नेपालका ७५ जिल्लाको दुईपटक भ्रमण पुरा गर्नुभएको छ ।

बुधबार पर्वत सदरमुकाम कुश्माबजारमा आइपुग्नुभएका परियारले १७ वर्ष्भित्र विश्वभ्रमण गरिसक्ने योजना साथ आफु यात्रामा निस्किएको बताउनुभयो । सिक्का बाबाले शान्ति, स्थिरतता र संविधानको पुर्ण कार्यान्वयन सँगै तोकिएकै मितिमा तीनवटै तहको चुनाव सम्पन्न गर्न र यातायात सेवाको विकासका लागि दबाब सन्देश दिन विश्व भ्रमण सुरु गरेको बताउनुभयो ।

उहाँले जिउमा लगाएका लुगा र टोपीमा २ सय ६ देशका सिक्का टाँसिएका छन् । सिक्का टाँसेको कपडा लगाएको सपना पटक–पटक देखेपछि विश्वभ्रमण गर्ने योजना आएको उहाँले सुनाउनुभयो ।

परियारले अगाडि र पछाडि दुबैतिरबाट लगाउन मिल्ने १९ पिसबाट बनाएको कमिज तथा पेन्ट लगाउनुभएको छ । नेपाल आएका पर्यटकहरुसँग मागेर विदेही सिक्का जम्मा गरेका परियारले नेपाली सिक्काहरु भने आफैले किन्नुभएको छ ।

शुरुमा ट्रेकिङ तथा नेपाल प्रहरीमा तीन वर्ष सम्म जुत्ता सिलाउने पेशा छाडेर शान्ति भ्रमणमा निस्किएका परियारले नेपाललाई बिश्वभर चिनाउने बताउनुभयो ।

अविवाहित सिक्का बाबाले सरकारी तथा गैर–सरकारी कार्यालय, व्यवसायी तथा व्यक्तिको आर्थिक सहयोगमा भ्रमण खर्च जुटाउनुभएको छ । उहाँले सरकारले नेपाल बाहेक अन्य मुलुकमा जानका लागि आफुलाई रोक लगाएका कारण विश्व भ्रमणमा निस्किन नपाएको बताउनुभयो । मैले नेपालको दुईपटक भ्रमण गरिसके, सरकारले फुकुवा गर्ने वित्तिकै शुरुमा भारत भ्रमणमा जान्छु उहाँले भन्नुभयो ।

परियारले आफुलाई प्रत्येक जिल्लामा जाँदा सुरक्षा र खान बस्नको व्यवस्था प्रहरी प्रशासनले मिलाउँदै आएको पनि बताउनुभयो । मुलुक राजनीतिक अस्थिरताका कारण पछाडि पर्दै गएको बताउँदै दिगो शान्ति र राजनीतिक स्थायित्व दिनका लागि शिर्ष दलहरु गम्भीर हुनुपर्ने बताउनुभयो । उहाँले पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङको यात्रा शुरु गरेको र लगत्तै डोल्पा र जुम्ला जाने तयारी रहेको समेत जानकारी दिनुभएको छ ।

उहाँले आफ्नो शरिरमा टाँसिएका मुद्राहरुको रुपैयामा हिसाव नगरिदिन पनि आग्रह गर्नुभयो । आफुलाई सुरक्षा चुनौती बढ्ने भएकाले रुपैयामा रुपान्तरण नगरिदिन समेत आग्रह गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल