२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा

२०८२, २० माघ सोमबार १२:२८

काठमाडौँ | अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विमानस्थल भन्सार कार्यालयको वैदेशिक हुलाक भन्सार शाखाका भन्सार अधिकृत ईन्द्र न्यौपानेसहित तीनजनालाई घुस रकमसहित नियन्त्रणमा लिएको छ। आयोगले वैदेशिक हुलाक भन्सार शाखाका भन्सार अधिकृत ईन्द्र न्यौपाने,सोही कार्यालयका सहयोगी गणेश प्रसाद पुडासैनी र सञ्चार तथा सूचना प्रविधि मन्त्रालय,हुलाक सेवा विभाग गोश्वरा हुलाक कार्यालय पार्सल शाखामा कार्यरत नायब सुब्बा छवि प्रसाद रिजाललाई १ लाख ४६ हजार ४२० रुपैयाँ घुससहित नियन्त्रणमा लिएको हो।

आयोगका अनुसार कुरियर कम्पनीमार्फत विदेश पठाउने विभिन्न सामानमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस/रिसवत माग गरेको उनीहरूविरुद्ध उजुरी परेको थियो। सोही उजुरीका आधारमा आयोगको टंगालबाट खटिएको टोलीले आइतबार उनीहरूलाई डिल्लिबजारस्थित गोश्वारा हुलाक कार्यालयबाट नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको आयोगले जनाएको छ।

आयोगका अनुसार कार्यालय सहयोगी पुडासैनीको कार्यकक्ष तथा डेराबाट घुस/रिसवतबापत लिएको नगद रकम,स्रोत नखुलेको नगद तथा अन्य रकमसमेत गरी १ लाख ४६ हजार ४२० रुपैयाँ बरामद गरिएको हो। त्यस्तै,नायब सुब्बा छवि प्रसाद रिजालको साथबाट समेत घुस/रिसवतबापत लिएको नगद,स्रोत नखुलेको रकम र अन्य स्रोतबाट प्राप्त रकम पनि बरामद भएको छ। अनुसन्धानका क्रममा विभिन्न व्यक्तिहरूबाट प्रयोगमा रहेका मोबाइल सेटहरू समेत नियन्त्रणमा लिइएको र घटनासँग सम्बन्धित थप प्रमाण संकलन भइरहेको आयोगले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार