२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा बस दुर्घटना, २८ जना घाइते, ३० फिट तल खस्यो

२०७४, २८ आश्विन शनिबार ०३:५२

असोज २८, नवलपरासी । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को विनयी त्रिवेणी गाउँपालिकामा आज बिहान सवारी दुर्घटना हुँदा २८ जना घाइते भएका छन् ।

काठमाडौँबाट नेपालगञ्जका लागि हिँडेको ना ५ ख ३९६४ नंको बस दुर्घटनामा परेको हो । नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–२ घिउखोला विश्वकर्माबाबा मन्दिर नजिक आफैं अनियन्त्रित भएर सडकबाट ३० फिट तल खस्दा सो दुर्घटना भएको थियो । 

दुर्घटनामा घाइते भएका सबैको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय दुम्कीवासका अनुसार घाइतेको भरतपुरमा उपचार भइरहेको छ ।

नवलपरासीमा दैनिकजसो दुर्घटनाका घटनाहरु भईरहन्छन् । 

जिसस नवलपरासीका दुवै जिल्लामा काँग्रेसको बहुमत

असोज २८, नवलपरासी (रासस) | हालै ७७ जिल्ला कायम भई दुई जिल्लामा विभाजन भएको नवलपरासीका दुई वटै जिल्लामा भएको जिल्ला समन्वय समिति (जिसस)को निर्वाचनमा नेपाली काँग्रेसले बहुमत प्राप्त गरेको छ । 

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लामा प्रदेश नं ४ (नवलपुर क्षेत्र)को जिससको निर्वाचनमा पूरै प्यानलमा काँग्रेस विजय भएको छ भने प्रदेश नं ५ नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्ला (परासी क्षेत्र)को जिससमा काँग्रेस र नेपाल लोकतान्त्रिक फोरमको गठबन्धन विजयी भएको हो । 

निर्वाचनमा नवलपरासीको पूर्वी जिल्लाको जिसस प्रमुखमा काँग्रेसका चेसराम आले (बुलिङटार गाउँपालिका–१) र उपप्रमुखमा काँग्रेसकै शारदा विक (गैँडाकोट–५) विजयी भएका छन् । सदस्यहरुमा मुरारीबहादुर घिमिरे, बद्री सापकोटा, लक्ष्मीकान्त पाण्डे, मकरध्वज कुमाल विजयी भएका छन् । 

त्यसैगरी, महिला सदस्यमा ज्ञानुमाया शर्मा, खिमा सारु र तुलसीसरा सोमै मगर विजयी भएका छन् । उक्त जिल्लामा चार नगरपालिका र चार गाउँपालिका छन् । 

नवलपरासी पूर्वी जिल्लामा काँग्रेसको बहुमत रहे पनि पश्चिम जिल्लामा काँग्रेसलाई बहुमत पु¥याउन एक मत अपुग भएपछि लोकतान्त्रिक फोरमलाई उपप्रमुख र एक महिला सदस्य दिने सहमति गरी निर्वाचनमा गठबन्धन भएको थियो । 

पश्चिम जिल्लाको जिसस प्रमुखमा काँग्रेस शिवशंकर राय (रामग्राम नगरपालिका–१२) र उपप्रमुखमा फोरम लोकतान्त्रिकका अब्दुल रहमान चुरिहार विजय हनुभएको छ । 

त्यसैगरी, सदस्यहरुमा कृष्णबहादुर मगर, बजरंगी कोइरी र राजेश यादव छन् । दलित तथा अल्पसंख्यकमा लक्ष्मी विक र महिला सदस्यमा चन्द्रकला शर्मा, उषा बन्जाडे र आशादेवी चौधरी विजयी भएका छन् । यस जिल्लामा तीन नगरपालिका र चार गाउँपालिका रहेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा