२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध

२०८२, २ फाल्गुन शनिबार १८:०५

काठमाडौँ | महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने भक्तजनको सुरक्षा र व्यवस्थापनलाई ध्यानमा राख्दै जिल्ला प्रहरी परिसर काठमाडौँले १३ बुँदे विशेष अनुरोध जारी गरेको छ। अत्यधिक भीडभाड हुने अनुमानसँगै प्रहरीले शनिबार दर्शनार्थीले पालना गर्नुपर्ने नियम सार्वजनिक गरेको हो।

प्रहरीले भक्तजनलाई मन्दिर आउँदा बहुमूल्य गरगहना नलगाउन तथा महँगा सरसामान साथमा नबोक्न आग्रह गरेको छ। पशुपति क्षेत्रभित्र प्लास्टिकका झोला, कप तथा प्लेट प्रयोग गर्न निषेध गरिएको छ भने दूध वा गंगाजल ल्याउँदा काँचका भाँडाको प्रयोग नगर्न पनि सचेत गराइएको छ। मन्दिर परिसरभित्र मोबाइल फोन र क्यामेरा प्रयोग गर्न नपाइने तथा छालाका सामग्री जस्तै जुत्ता, चप्पल, ज्याकेट र कम्मरपेटी लगाएर प्रवेश निषेध गरिएको प्रहरीले जनाएको छ।

दर्शनार्थीका लागि प्रत्येक मार्गमा छुट्टाछुट्टै जुत्ता–चप्पल राख्ने कक्षको व्यवस्था गरिएको छ। प्रहरीले सबैलाई पङ्क्तिबद्ध भएर दर्शन गर्न, विशेष पासको अपेक्षा नगर्न र दर्शन सकेपछि तुरुन्त बाहिर निस्कन अनुरोध गरेको छ। ज्येष्ठ नागरिक तथा शारीरिक रूपमा असक्त व्यक्तिलाई प्राथमिकता दिन पनि सर्वसाधारणलाई अपिल गरिएको छ।भीडमा पाकेटमार सक्रिय हुन सक्ने भएकाले आफ्नो सामानको सुरक्षा आफैं गर्न प्रहरीले आग्रह गरेको छ। स्वास्थ्य समस्या देखिएमा परिसरभित्र सञ्चालन हुने स्वास्थ्य शिविरमा सम्पर्क गर्न र कुनै व्यक्ति वा सामान हराएमा प्रहरी वा खोजखबर कक्षमा जानकारी गराउन भनिएको छ। साथै, मन्दिर तथा मेला क्षेत्र सफा राख्न फोहोर नफाल्न र तोकिएका शौचालय मात्र प्रयोग गर्न पनि अनुरोध गरिएको छ।

यस वर्ष महाशिवरात्रि आइतबार परेको छ र ठूलो संख्यामा स्वदेश तथा भारतबाट भक्तजन आउने अनुमान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी