२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

देशमा मानव संकट परेका बेला माधव नेपाल कर्नाली भ्रमणमा

३ मंसिर २०७२, बिहीबार १८:०१

karnali

दलसिंह गिरी । मङ्सिर ३, कालिलोट । भारतले गरेको अघोषित नाकाबन्दीका कारण नेपालमा इन्धन, औषधि, खाद्यान्न लगाएतको मानवीय संकट पैदा भैरहेको बेला एमाले बरिष्ठ नेता माधव कुमार नेपाल कर्नाली भ्रमणमा आएका छन् । संविधानका अन्तर बस्तु तथा विशेषता बारे कार्यकर्ताहरु संगको भेटघाट कार्यक्रमको अवशर पारेर कर्नाली भिजिटमा आएका हुन् । धर्मपत्नी गायत्री नेपाल, एमाले दैलेख क्षेत्र नं. १ का पूर्व सभासद राज बहादुर बुढा, एमाले केन्द्रीय सदस्य चन्द्र बहादुर शाही, कालिकोटबाट एमाले सभासद तुलाराज विष्ट सहितको टोली काठ्माण्डौबाट स्थलगत मार्गहुदै कर्नाली भ्रमणमा आएका छन् ।

भ्रमणकै शिलशिलामा कालिकोट पुगेका नेता नेपालले आफु कर्नालीको यथार्थ बस्तुस्थीति चित्रण गर्न स्थलगतरुपमा कर्नाली भ्रमणमा आएको एक आयोजित कार्यक्रममा बताएका छन् । नेकपा एमाले कालिकोटले आज आयोजना गरेको बृहत आमसभालाई सम्बोधन गर्दै नेपालले यस्तो कुरा बताएका हुन् । नेपाल इतिहासको धारोहरको रुपमा रहेको कर्नालीको सिजा र दैलेख राज्य रहेको बताउदै यसको यथार्थ चित्रण गर्न स्थलगत भ्रमणमा आएको बताएका छन् । अहिले देशमा भैरहेको संकटको बारे उठान गर्दै नेपालले भारतले गरेकोे अघोषित नाका बन्दीले नेपालको तराई देखि हिमाल सम्मको जनजिबन प्रभावित बताएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्रमोदिलाई इंकित गर्दै नेपालले नेपाली जनतालाई दुख दिएर तपाईलाई के फाइदा छ ? नेपाली जनतालाई चिडयाएर के फाइदा छ ? तपाई धार्मिक प्रबृतिको मान्छे हो, धर्ममा कसैलाई पनि कस्ट दिने कुरा लेखेको छैन, धर्म मान्ने मान्छे कसैलाई दुख दिन चाहन्न, कसैको दुःख देख्न चाहन्न, तर तपाई अघोषित नाकाबन्दी गरेर नेपाली जनताको दुःखलाई रमिता हेर्दैहुनुहन्छ, समयमै अघोषित नाकाबन्दी खुलाई नेपालीलाई शुःख संग बाच्न पाउने अधिकार नखोसियोस, नेपाली जनताले अहिले सम्म सम्मान गरेको बताएका छन् ।

kalikot madhab

अर्को प्रशंगलाई जोड्दै नेपालले हाम्रा पर्खाहरुले गरेको त्याग र बलिदानले आर्जित सिंगो देश नेपाल आज विभिन्न देशी विदेशी सासकहरुले विभिन्न बखेडा झिकेर टुक्राटुक्रा पार्ने कुचेष्टा अपनाइरहेको बताएका छन् । हामी स्वाभिमानी नेपाली कसैको दाश बन्न नहाँहेकै कारण आफुलाई शक्तिशाली भन्ने सासकहरु नेपालीहरुलाई अनेक किसिमका दुख दिइरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…