२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

विश्व एड्स दिवस कालिकाेटमा विविध कार्यक्रम गरी मनाइयो

१५ मंसिर २०७२, मंगलवार २०:२१
मंसिर १५, कालिकाेट । विश्वभर डिसेम्बर १ आजकै दिन मनाईने विश्व एडस् दिवस कालिकोटमा पनि विभिन्न कार्यक्रम गरी मनाईएको छ । “एचआभी संकरमणलाई सुन्यमा झारी एड्स रोगका कारण हुने विभेदिकरणलाई अन्त्य गर्ने” भन्ने मुल नाराका साथ विश्वभर संचालित विश्व एडस् दिवस कालिकोटका सरोकारवाला निकायले प्लेकार्ड र ब्यानर सहित र्याली निकाली जिल्ला सदरमुकामको खाडाचक्र बजार परिक्रमा गरी प्रतिमाचोकमा सडक नाटक पर्दशन सहित दिवश मनाएको हो ।
सहयोगीका हातहरुको समुह (साहास नेपाल) को आर्थिक सहयोग, जिल्ला स्वास्थ्य कार्यालय कालिकोटको समन्वय तथा पचालझरना राष्ट्रिय विकास समाज नेपाल कालिकोटको आयोजनामा बजार र्यालीका साथै सडक नाटक प्रदर्शन गरी एड्स दिवस कार्यक्रम सम्पन्न भएको छ । स्थानीय विकास अधिकारी टिकाराम ज्ञवालीको अध्यक्षता, प्रमुख जिल्ला अधिकारी प्रदिप श्रेष्ठको प्रमुख आथित्यतामा संचालित एड्स दिवस कार्यक्रम तथा एड्स रोग सम्बन्धि सचेतना मुलक सडक नाटक समेत प्रदर्शन गरिएको छ ।
एडस् रोगको परिचय एडस् रोग लाग्नुका कारण र यसबाट बच्ने उपाएहरुबारे प्रकाश पार्दै जिल्ला स्वास्थ्य कार्यालय कालिकोटका जनस्वास्थ्य अधिकृत महममत ओजेरआलमले हाल नेपालमा एड्स रोग संक्रमीत ब्यक्ति ३९ हजार २ सय जना रहेको र एड्स सर्नेदर ०.३८ रहेको वताउनु भयो । कालिकोट जिल्लामा पनि एड्स रोग संक्रमित ३३ जना रहेका र हाल उनीहरुले निरन्तर औषधि सेवन गरिरहेको बताउनु भएको छ । कोण सभा कार्यक्रम समापन गर्दै स्थानीय विकास अधिकारी टिकाराम ज्ञवालीले अाजकाे दिन भनेकाे एचआईभी एड्स सम्बन्धि जनचेतना जगाउने, एड्स विरुद्ध गरिएका गतिविधिबारे जानकारी दिने तथा एड्सका कारण मृत्यु भएकाहरुको सम्झना गर्ने दिन रहेकाे बताउनु भएकाे छ ।
नेपालमा एचआइभी संक्रमितहरुको पहिचान भएको संख्या १८ हजार ६ सय २६ पुगेको पुगेकाे र विश्वमा भने सन २०१० सम्ममा २७ लाख मानिस एचआईभी एड्सबाट संक्रमित भएको र करिब १८ लाख मानिसले एड्सकै कारण ज्यान गुमाएको वहाले बताउनु भएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…