२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

विश्व एड्स दिवस कालिकाेटमा विविध कार्यक्रम गरी मनाइयो

२०७२, १५ मंसिर मंगलवार २०:२१
मंसिर १५, कालिकाेट । विश्वभर डिसेम्बर १ आजकै दिन मनाईने विश्व एडस् दिवस कालिकोटमा पनि विभिन्न कार्यक्रम गरी मनाईएको छ । “एचआभी संकरमणलाई सुन्यमा झारी एड्स रोगका कारण हुने विभेदिकरणलाई अन्त्य गर्ने” भन्ने मुल नाराका साथ विश्वभर संचालित विश्व एडस् दिवस कालिकोटका सरोकारवाला निकायले प्लेकार्ड र ब्यानर सहित र्याली निकाली जिल्ला सदरमुकामको खाडाचक्र बजार परिक्रमा गरी प्रतिमाचोकमा सडक नाटक पर्दशन सहित दिवश मनाएको हो ।
सहयोगीका हातहरुको समुह (साहास नेपाल) को आर्थिक सहयोग, जिल्ला स्वास्थ्य कार्यालय कालिकोटको समन्वय तथा पचालझरना राष्ट्रिय विकास समाज नेपाल कालिकोटको आयोजनामा बजार र्यालीका साथै सडक नाटक प्रदर्शन गरी एड्स दिवस कार्यक्रम सम्पन्न भएको छ । स्थानीय विकास अधिकारी टिकाराम ज्ञवालीको अध्यक्षता, प्रमुख जिल्ला अधिकारी प्रदिप श्रेष्ठको प्रमुख आथित्यतामा संचालित एड्स दिवस कार्यक्रम तथा एड्स रोग सम्बन्धि सचेतना मुलक सडक नाटक समेत प्रदर्शन गरिएको छ ।
एडस् रोगको परिचय एडस् रोग लाग्नुका कारण र यसबाट बच्ने उपाएहरुबारे प्रकाश पार्दै जिल्ला स्वास्थ्य कार्यालय कालिकोटका जनस्वास्थ्य अधिकृत महममत ओजेरआलमले हाल नेपालमा एड्स रोग संक्रमीत ब्यक्ति ३९ हजार २ सय जना रहेको र एड्स सर्नेदर ०.३८ रहेको वताउनु भयो । कालिकोट जिल्लामा पनि एड्स रोग संक्रमित ३३ जना रहेका र हाल उनीहरुले निरन्तर औषधि सेवन गरिरहेको बताउनु भएको छ । कोण सभा कार्यक्रम समापन गर्दै स्थानीय विकास अधिकारी टिकाराम ज्ञवालीले अाजकाे दिन भनेकाे एचआईभी एड्स सम्बन्धि जनचेतना जगाउने, एड्स विरुद्ध गरिएका गतिविधिबारे जानकारी दिने तथा एड्सका कारण मृत्यु भएकाहरुको सम्झना गर्ने दिन रहेकाे बताउनु भएकाे छ ।
नेपालमा एचआइभी संक्रमितहरुको पहिचान भएको संख्या १८ हजार ६ सय २६ पुगेको पुगेकाे र विश्वमा भने सन २०१० सम्ममा २७ लाख मानिस एचआईभी एड्सबाट संक्रमित भएको र करिब १८ लाख मानिसले एड्सकै कारण ज्यान गुमाएको वहाले बताउनु भएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन